back
CTIZAN AD

पार्टी विभाजनको कुनै औचित्य छैन – नेता गौतम

वि.सं.२०७७ पुस २३ बिहीवार

831 

shares

२३ पुष, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले हाल आफ्नो दल दुई समूहमा विभाजित देखिए पनि आफू कुनै समूहमा नभएको स्पष्ट गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले भने, “तीन वर्षमा पार्टी विभाजन गर्नु थियो भने एकता किन गर्नुपथ्र्यो रु पार्टीमा अन्तरपार्टी सङ्घर्ष र वादविवाद हुन्छ तर नेता त्यो हुन्छ जसले ती विवादमा समाधान दिन सक्छ ।”

पार्टी विभाजनको कुनै औचित्यता नरहेको बताउँदै नेकपा उपाध्यक्ष गौतमले पार्टीका नेताहरुको कार्यशैलीमा सुधारका लागि आफूले प्रयास गरे पनि सफल हुन नसकेको धारणा व्यक्त गरे । आफू विभिन्न कारणले विरोधी जस्तो भएर बस्नुपरेको गुनासो पनि उनले राखे ।

पछिल्लो समय आफू निरन्तर पार्टी एकतालाई जोगाउन लागिपरेको र अविश्वासको प्रस्तावलाई पनि असफल गराएको जानकारी दिँदै नेता गौतमले भने, “आरोपप्रत्यारोपका पत्र राख्दा पनि यो एउटा सुधारका निम्ति उपाय हुन सक्छ भन्ने लागेको थियो । यसपटक प्रतिनिधिसभा भङ्ग गर्दा पनि मलाई थाहा भएन ।”

प्रतिनिधिसभा विघटनसम्बन्धी विषय सर्वोच्च अदालतको संवैधानिक इजलासमा लगिएपछि विचाराधीन भएकाले अहिले असंवैधानिक भनेर भन्न नमिल्ने बताउँदै नेता गौतमले त्यसैले आफू चुप लागेको छु भने । नेकपाले संविधानको सर्वोच्चतालाई आफ्नो मूल सिद्धान्त बनाएको उनको भनाइ थियो । पार्टी विभाजनको कुनै औचित्य छैन – नेता गौतम

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले हाल आफ्नो दल दुई समूहमा विभाजित देखिए पनि आफू कुनै समूहमा नभएको स्पष्ट गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले भने, “तीन वर्षमा पार्टी विभाजन गर्नु थियो भने एकता किन गर्नुपथ्र्यो रु पार्टीमा अन्तरपार्टी सङ्घर्ष र वादविवाद हुन्छ तर नेता त्यो हुन्छ जसले ती विवादमा समाधान दिन सक्छ ।”

पार्टी विभाजनको कुनै औचित्यता नरहेको बताउँदै नेकपा उपाध्यक्ष गौतमले पार्टीका नेताहरुको कार्यशैलीमा सुधारका लागि आफूले प्रयास गरे पनि सफल हुन नसकेको धारणा व्यक्त गरे । आफू विभिन्न कारणले विरोधी जस्तो भएर बस्नुपरेको गुनासो पनि उनले राखे ।
पछिल्लो समय आफू निरन्तर पार्टी एकतालाई जोगाउन लागिपरेको र अविश्वासको प्रस्तावलाई पनि असफल गराएको जानकारी दिँदै नेता गौतमले भने, “आरोपप्रत्यारोपका पत्र राख्दा पनि यो एउटा सुधारका निम्ति उपाय हुन सक्छ भन्ने लागेको थियो । यसपटक प्रतिनिधिसभा भङ्ग गर्दा पनि मलाई थाहा भएन ।”

प्रतिनिधिसभा विघटनसम्बन्धी विषय सर्वोच्च अदालतको संवैधानिक इजलासमा लगिएपछि विचाराधीन भएकाले अहिले असंवैधानिक भनेर भन्न नमिल्ने बताउँदै नेता गौतमले त्यसैले आफू चुप लागेको छु भने । नेकपाले संविधानको सर्वोच्चतालाई आफ्नो मूल सिद्धान्त बनाएको उनको भनाइ थियो ।

वि.सं.२०७७ पुस २३ बिहीवार १४:२६ मा प्रकाशित

भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि ‘आफ्नो दूतावास चिनौं’ कार्यक्रम

भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि ‘आफ्नो दूतावास चिनौं’ कार्यक्रम

नयाँ दिल्ली । भारतस्थित नेपाली राजदूतावासले भारतका विभिन्न राज्य तथा...

कांग्रेस संस्थापन इतर समूहद्वारा राष्ट्रिय भेलाको तयारी तिब्र, गरियो स्थानीय तहसम्मै पत्राचार

कांग्रेस संस्थापन इतर समूहद्वारा राष्ट्रिय भेलाको तयारी तिब्र, गरियो स्थानीय तहसम्मै पत्राचार

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको आन्तरिक सुदृढीकरण...

कास्कीको अन्नपूर्णवासीका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

कास्कीको अन्नपूर्णवासीका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै...

फेरि बढ्यो अण्डाको मूल्य

फेरि बढ्यो अण्डाको मूल्य

चितवन । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन्...

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्मा क्षति : एक बेपत्ता, एक जना घाइते

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्मा क्षति : एक बेपत्ता, एक जना घाइते

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको...

देशैभरी मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

देशैभरी मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...