२३ पुस, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै २०७२ सालमै राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत विकास दशकसम्बन्धी (९९ बुँदे) अवधारणापत्र र कार्ययोजनाका कारण लोडसेडिङ हटेको जनाएको छ ।
सो कार्ययोजनाका कारणनै एक वर्षभित्र ऊर्जा संकट निवारण गर्ने उद्देश्य राखिएकाे र सोहि अनुरुप उर्जा विकास गर्न विभिन्न नीति, रणनीतिहरु निर्माण तथा प्रभावकारी कार्यान्वयन भएकाले लोडसेडिङ अन्त्य भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जारी विज्ञप्तिमा पछिल्लो समय केही सञ्चार माध्यमहरुबाट योजनावद्ध रुपमा लोडसेडिङ, विद्युत प्रसारण लाइन तथा भूमिगत विद्युतीय वितरण प्रणाली जडानका सन्दर्भमा मन्त्री तया मन्त्रालयको मूल मर्म भावना विपरित भ्रामक रुपमा प्रचारप्रसार गरिएकोमा गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।

वि.सं.२०७७ पुस २४ शुक्रवार ११:०८ मा प्रकाशित






























