back
CTIZAN AD

विद्युत् आयोजनाको संरचना निर्माण तीव्र

वि.सं.२०७३ माघ ६ बिहीवार

660 

shares

६ माघ,रसुवा । उत्तरी रसुवामा निर्माणाधीन एक सय ११ मेगावाट क्षमताको निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्र गतिले अगाडि बढेको छ ।

आयोजनाका प्राविधिक साइट इन्चार्ज नागेन्द्र ज्ञवालीका अनुसार २०७२ सालको भूकम्पपश्चात् गत एक महिनाअगाडिदेखि पुनःनिर्माण कार्यमा तीव्रता आएको हो । समग्रमा ३० प्रतिशत काम भइसकेको छ । भूकम्पका कारण बाहिरी सतहको ड्यामसाइट क्षेत्रमा ठूलै क्षति व्यहोर्नु परेको थियो । खोला फर्काउने ठाउँबाहेक सबै भूमिगत संरचनाको आयोजना भएका कारण निर्माण भएका सुरुङका भाग सबै सुरक्षित रहेको बताइएको छ ।

देशको ऊर्जा सङ्कट छिटो समाधान गर्ने कार्यमा मद्दत पु¥याउन चिनियाँ ठेकेदार कम्पनी आयोजनाका प्राविधिक तीनसय २० जना मजदुर अहिले अहोरात्र सुरुङ खन्ने कार्यमा तल्लीन रहेको प्राविधिक गुरुङले बताएका छन् ।

गत वर्षको भूकम्प, भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव तथा वृद्धिम गाविस क्षेत्रमा गएको पहिरोका कारण सडकको असहजताजस्ता विविध कारणले आयोजनाको निर्माण अवधि केही समय बढ्न सक्ने प्राविधिकको भनाइ छ ।

यस्तै, रसुवागढी नाका सञ्चालनमा आएपश्चात् ट्राफिक समस्या जलविद्युत् आयोजनालाई अर्को थपिएको छ । अहिलेको मुख्य समस्या भनेको रसुवागढीदेखि तातोपानी इलाका क्षेत्रको हो । करिब चार किमी सडक क्षेत्रमा आयोजनाको सामान ओहरदोहर गराई रहनुपर्ने भएका कारण ट्रक कन्टेनरलाई सिधा केरुङ पठाउने र सडकमा पार्किङ गराउने कार्यको अन्त्य गर्न वेत्रावतीबाट सिधै केरुङ पठाउने वातावरणका लागि नेपाल प्रहरीले सामान लिन जाने सवारीसाधनमा टोकन प्रणाली लागू गरिसकेको बताइएको छ ।

सन् २०१४ बाट निर्माण गर्न सुरु भएको रसुवागढी एकसय ११ मेगावाट जलविद्युत् आयोजनाको लागत भने १३ अर्ब रहेको साइट इन्चार्ज ज्ञवालीले जानकारी दिनुभयो । निर्माण कार्य गरुन्जेल सम्मका लागि मात्र हामीलाई अलि फराकिलो ठाउँ चाहिएको बताउँदै ज्ञवालीले आयोजनाको सबै काम सकिए पछि सबै भूमिगत र सुरक्षित रहने बताउनुभयो ।

वि.सं.२०७३ माघ ६ बिहीवार ०३:३८ मा प्रकाशित

काभ्रे-२ मा रास्वपाको अग्रता

काभ्रे-२ मा रास्वपाको अग्रता

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २...

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १...

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक-एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक-एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

सुदूरपश्चिम । प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र...

१० हजार बढी मत ल्याएर रुकुम पूर्वबाट विजय भए संयोजक प्रचण्ड

१० हजार बढी मत ल्याएर रुकुम पूर्वबाट विजय भए संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम...

काठमाडौँ-६ बाट रास्वपाका उम्मेदवार खनाल विजयी

काठमाडौँ-६ बाट रास्वपाका उम्मेदवार खनाल विजयी

काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी...

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

रुकुम पूर्व । रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा...