back
CTIZAN AD

हुम्लाको खार्पुनाथ गाउँपालिकाद्वारा गर्भवतीलाई सम्मान

वि.सं.२०७७ पुस २५ शनिवार

660 

shares

२५ पुष, हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकाले गाउँपालिकाभरीका गर्भवतीलाई सम्मान गर्न शुरुआत गरेको छ । उनीहरुलाई निमन्त्रणा कार्ड घर घरमा पठाएर सम्मान गर्न शुरु गरेको हो ।

गर्भवती समूहका मासिकरुपमा बस्ने बैठकमा नै गाउँपालिकाले सम्मान गर्न शुरु गरेको हो । सम्मानका लागि उनीहरुलाई उपस्थित हुने वातावरण सिर्जना गर्न निमन्त्रण कार्डको व्यवस्था गरिएको हो । अघिल्लो दिन निमन्त्रणा कार्ड पाएर बैठकमा जानुको गर्व अर्कै हुने खार्पुनाथ–४ छिप्राकी बेलमती टमटाले जानकारी दिए ।

यसअघि यस्तो समूह नभएको र बैठक पनि हुने गरेको थिएन । उनले स्वास्थ्य स्वयंसेविकाले निमन्त्रण कार्ड लिएर बैठकका लागि निम्ता दिन आउने गरेको र बैठकमा सम्मान समेत गर्ने बताए ।

गाउँपालिका स्वास्थ्य शाखाका संयोजक बलिराज शाहीले भने, “गाउँपालिका भरीका सबै गर्भवतीलाई मासिकरुपमा हुने बैठकमा उपस्थिति गराउनका लागि निमन्त्रणा कार्डको व्यवस्था गरेर बोलाउने गरीएको छ । बैठकमा सम्मान समेत गर्ने गरिएको छ ।”
गर्भवतीको सम्मानका लागि उक्त कार्डको व्यवस्था गरिएको उनले बताए । बैठक अगाडि गर्भवतीले मासिक बैठकमा आउने कार्ड पाएपछि उहाँहरु बैठक आउने र छलफलमा भाग लिने गरेका छन् ।

गर्भवतीको मासिक बैठक प्रत्येक महिनाको २८ गते बस्ने व्यवस्था गरिएको छ । निमन्त्रणा कार्डमा गर्भजाँच गराउन र प्रसूतिगृहमा सुत्केरी भएबापत पाउने सुविधा कुरा उल्लेख समेत गरिएको छ ।

वि.सं.२०७७ पुस २५ शनिवार १३:१३ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११...