back
CTIZAN AD

सुनचाँदी व्यवसायी महासङ्घमा शाक्य निर्वाचित

वि.सं.२०७७ पुस २७ सोमवार

666 

shares

२७ पुस, काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको नयाँ नेतृत्वमा माणिकरत्न शाक्य निर्वाचित भएका छन् । महासङ्घको आइतबार सम्पन्न आठौँ वार्षिक साधारणसभा एवं तेस्रो महाअधिवेशनबाट शाक्य अध्यक्षमा निर्वाचित भएका हुन् ।

साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षहरुमा क्रमशः मोहनकाजी शाक्य, दियेशरत्न शाक्य र विपिन रामुदामु निर्वाचित भएका छन् । एसोसिएटस उपाध्यक्षमा पवन सोमानी, महासचिवमा धर्मसुन्दर बज्राचार्य, कोषाध्यक्षमा सुदीप श्रेष्ठ, सचिवद्वयमा किरणभाइ बज्राचार्य र बाबुराम विश्वकर्मा निर्वाचित र प्रवक्तामा मनोजकुमार शाह तथा सहकोषध्यक्षमा पद्मसुन्दर शाक्य निर्वाचित भएका छन् ।

साधारणसभाको गत शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले उद्घाटन गरेका थिए । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ २०६९ साल फागुुन २० गते विधिवत्रुपमा दर्ता भएको नेपालभरिका सुनचाँदी व्यवसायीको छाता सङ्गठन हो । मुलुकको सङ्घीय संरचनाअनुरुप सातैवटा प्रदेशमा प्रदेश महासङ्घका अतिरिक्त देशभरका विभिन्न ६५ वटा जिल्ला÷नगर सङ्घको अलावा एसोसिएट सदस्य तथा वस्तुगत सङ्घहरु यस महासङ्घमा आबद्ध छन् ।

वि.सं.२०७७ पुस २७ सोमवार ०९:४७ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा...

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...