back
CTIZAN AD

युभेन्ट्सको ससुलो माथि रोमाञ्चक जीत

वि.सं.२०७७ पुस २७ सोमवार

645 

shares

२७ पुस, काठमाडौं । गएराति भएको खेलमा साविक विजेता युभेन्ट्सले ससुलो माथि जीत हात पारेको छ । युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले ससुलो माथि ३-१ को जित हात पारेको हो ।

पहिलो हाफ बराबरीमा रोकिएको खेलको दोस्रो हाफको ५० औं मिनेटमा डानिल्लोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा ससुलोको पेड्रो अवियाङले रातोकार्ड पाएपछि दश खेलाडीमा सिमित रहेको ससुलोका लागि दोस्रो हाफको ५८ औं मिनेटमा ग्रेगोरिए डेफ्रेलले गोल गरेपनि हार टार्न सकेनन् ।

दोस्रो हाफकै ८२औं मिनेटमा आरोन राम्से र इन्जुरी समयमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसका लागि ३-१ को जित दिलाए । रोनाल्डोले यो सिजन सिरी ए मा १५ गोल गर्दै सर्वाधिक गोलकर्ताको सुचिमा पहिलो नम्बरमा रहेका छन् ।

जितपछि १६ खेलबाट ३३ अंक जोड्दै युभेन्ट्स चौथो स्थानमा उक्लिएको छ । पहिलो स्थानमा रहेको एसी मिलानको १७ खेलबाट ४० अंक रहेको छ ।

वि.सं.२०७७ पुस २७ सोमवार १०:५६ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...