back
CTIZAN AD

पहिरोले क्षति गरेका सडक निर्माणको काम सम्पन्न

वि.सं.२०७७ पुस २७ सोमवार

723 

shares

२७ पुष, काठमाडौँ । धुलिखेल–सिन्धुली–बर्दिवास सडकअन्तर्गत विभिन्न स्थानमा पहिरोले क्षति गरेका सडक निर्माणको काम सम्पन्न भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले अनुदान सहयोगमा सो सडक पुनर्निर्माणको काम गरेको थियो ।

झण्डै एक दशक पहिले जाइकाको आर्थिक सहयोगमा सो सडकको निर्माण भएको थियो । विसं २०७२ को भूकम्पमा पाँच ठाउँमा ठूलो पहिरो गएर सडक पूरै भत्किएको थियो । सडक निर्माण सकेर यही महिनामा हस्तान्तरण गर्न लागेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताए ।

उनका अनुसार यी स्थानमा पहिरोको नियन्त्रण गरी सडक पुनःस्थापनाको काम भएको छ । जाइकाले रु एक अर्बभन्दा बढीको अनुदान सहयोगमा निर्माणको काम गरेको थियो । उनले भने, “अझैसम्म कोभिड पूरै नहटेको भए पनि काम भइरहेको छ ।”

धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाले अरु विभिन्न खण्डमा मर्मतको काम गरिरहँदा जाइकाको अनुदानमा सडक पहिरोका कारण क्षतिग्रस्त भएका स्थानमा पुनःस्थापना भइरहेको हो ।

विश्वव्यापी फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पूरै नहटेकाले अरु दातृ निकायको सहयोगमा निर्माणाधीन सडक निर्माण अघि बढ्न नसके पनि जाइकाको सहयोगमा निर्माण भएका आयोजना अघि बढेको विभागले जनाएको छ । यो सडकसँगै जाइकाले नागढुङ्गा–सिस्नेखोला पनि अघि बढाइरहेको छ ।

चीन सरकारको सहयोगमा निर्माण भएको सडक ठप्प छ भने भारत सरकारको सहयोगमा निर्माण भएका निर्माण अघि बढे पनि सुस्त गतिमा काम भएको विभागले जनाएको छ ।
रासस

वि.सं.२०७७ पुस २७ सोमवार ११:११ मा प्रकाशित

परराष्ट्रमन्त्री खनाल भारतको औपचारिक भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री खनाल भारतको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा एस जयशङ्करको...

कामपाले शिक्षण अस्पताललाई उपकरण प्रदान

कामपाले शिक्षण अस्पताललाई उपकरण प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको बहिरङ्ग (ओपीडी) सेवालाई...

महाशिलाका १५ घरपरिवार गाउँ फर्किएपछि व्यावसायिक खेतीतर्फ

महाशिलाका १५ घरपरिवार गाउँ फर्किएपछि व्यावसायिक खेतीतर्फ

पर्वत । जिल्लाको महाशिला गाउँपालिकाले बढ्दो बसाइँसराइ रोक्न ‘गाउँ फर्क...

पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

सुरुङ्गा (झापा) । नेपाली प्रहरीले पाँच किलो गाँजा र १४...

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

आकस्मिक सेवा दिनुपर्ने बिरामीको मात्र उपचार गर्न बिमा बोर्डको निर्देशन

आकस्मिक सेवा दिनुपर्ने बिरामीको मात्र उपचार गर्न बिमा बोर्डको निर्देशन

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्था (अस्पताल)लाई आकस्मिक...