पुस २७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायत नेता निर्वाचन आयोग पुगेका छन् । अदालतमा संसद पुनस्र्थापनाको मुद्दा विचाराधिन अवस्थामा रहेकै बेला निर्वाचनसम्बन्धी गतिविधि अगाडि बढाइए पछि रोक्न माग गर्दै निर्वाचन आयोग पुगेका हुन् ।
प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलका अनुसार पार्टी अध्यक्षद्वयसहित केहि नेता निर्वाचन आयोग पुगेका छन् । अहिले आयोगका पदाधिकारीसँग छलफल चलिरहेको उनले जानकारी दिए ।
जनाइएअनुसार निर्वाचन आयोगले पठाएको पत्रबारे पनि छलफल चलिरहेको छ ।
यसअघि पुस २३ मा एक हप्ते समय सीमासहित निर्वाचन आयोगले नेकपाका दुवै समुहलाई पत्र पठाएको थियो । प्रचण्ड–नेपाल पक्षले निर्वाचन आयोगमा आफ्नो धारणासहित पत्र पनि लगेको छ ।
वि.सं.२०७७ पुस २७ सोमवार १२:३७ मा प्रकाशित






























