back
CTIZAN AD

सासुलो विरुद्धको खेलमा रोनाल्डोले बनाए दुई नयाँ कीर्तिमान

वि.सं.२०७७ पुस २७ सोमवार

750 

shares

२७ पुस, एजेन्सी। गएराति भएको खेलमा युभेन्ट्सले सासुलोलाई ३-१ ले पराजित गर्दा खेलको दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै क्रिस्टियाने रोनाल्डोले अर्को दुई कीर्तिमानी बनाएका छन् ।

उनले फुटबल इतिहासमै क्लब र देशका लागि खेलेको अफिसियल खेलमा सबैभन्दा बढी गोल गर्ने जोसेफ विकानको सर्वाधिक ७५९ गोलको कीर्तिमानिसँग बराबरी गरेका छन् ।

रोनाल्डोले अष्ट्रियन/चेक रिपव्लिकन जोसेफ विकानले १९३१ देखि १९५५ सम्म आफ्नो देश र क्लबको लागि बनाएको ७५९ गोल रेकर्डसँग बराबरी बनाएका छन् । रोनाल्डोले गए साता ब्राजिलियन पेलेको ७५७ गाेल रेकर्ड तोड्दै ७५८ गोलका साथ दोस्रो स्थानमा रहेका थिए ।

गरातिको खेलमा सासुलो माथि गोल गर्दै उनले सर्वाधिक गोल कर्तासँग समान गोल गरेका हुन् । उनको प्रतिसपर्दि मेस्सी भने ७१९ गोलका साथ पाँचौ स्थानमा रहेका छन् ।

त्यस्तै, रोनाल्डोले उक्त खेलमा  सन् २००६/०७ सिजन यता प्रत्येक सिजन कम्तिमा १५ गोल गर्ने पहिलो खेलाडीको अर्को कीर्तिमानि पनि बनाए । उनले गएराति भएको खेलमा गोल गर्दै यो सिजन पनि आफ्नो १५ औँ गोल पुरा गरे । यो गोल सँगै ३४ वर्षीय पोर्चुगिज खेलाडी पछिल्ला १५ सिजनमा युरोपको शीर्ष पाँच लिगमा लगातार १५ गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

वि.सं.२०७७ पुस २७ सोमवार १२:३५ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...