२७ पौष, काठमाडौं । हिमालयन बैंक लिमिटेडको २८ औं वार्षिक साधारण सभा आज पौष २७ गते सोमबार बस्दैछ । उक्त सभा बैंकको केन्द्रिय कार्यालय, कमलादी काठमाडौं भिडियो कन्फरेन्समार्फत बिहान ११ बजेबाट सुरु हुनेछ ।
आज बस्ने साधारण सभाले गत आर्थिक वष २०७६/७७ को मुनाफाबाट बैंकको शेयरधनीहरुलाई ६ प्रतिशत बोनस नगद लाभांश र १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ ।
त्यस्तै, सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को दशौँ वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तको वासलात र सोहि अवधिको नाफा(नोक्सान हिसाव तथा नगद प्रवाह विवरण, लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत एजेण्डाहरुमाथि छलफल गरी पारित गरिनेछ ।
त्यसैगरी, बैंकले साधरणसभा प्रयोजनको लागि पौष १४ गतेदेखि २७ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । तसर्थ, पुस १३ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले लाभांश पाउनेछन् ।
वि.सं.२०७७ पुस २७ सोमवार १२:२० मा प्रकाशित



























