back
CTIZAN AD

जब चार महिला पाइलटले १६ हजार किलोमिटर दूरीको यात्रा तय गरेर सकुसल जहाज अवतरण गराए..

वि.सं.२०७७ पुस २७ सोमवार

798 

shares

२७ पुस, काठमाडौं । एयर इण्डियाका महिला पाइलटले जहाजलाई १६ हजार किलोमिटर टाढाको यात्रा सकुसल तय गर्दै बेंग्लुर विमानस्थल आइपुगे तब उनीहरुको नाममा बधाईका थुप्रो लागेका छन् । उनीहरुले ऐतिहासिक काम अनि नयाँ किर्तिमानी रचेको भन्दै खुसी व्यक्त गरिएको छ ।

जसको नेतृत्व गरेकी हुन् १० वर्ष ककपिट उडानको अनुभव संगालेकी क्याप्टेन जोया अग्रवालले । त्यस्तै चालक दलका अन्य सदस्यमा क्याप्टेन पापागरी तनमई, क्याप्टेन शिवाजी र क्याप्टेन आकांक्षा सोनवरे रहेको बताइएको छ । अग्रवालकै नेतृत्वमा अमेरिकाको सनफ्रान्सिस्कोबाट उडेको जहाज १६ हजार किलोमिटर दूरीको यात्रा तय गर्दै सकुसल रुपमा बेंग्लुर उत्रिएको हो ।

 

Image

उनीहरुले झण्डै १७ घण्टाको समयमा सनफ्रान्सिस्कोबाट बेंग्लुर सम्मको यात्रा तय गरेका हुन् ।

एयर इण्डियाको फ्लाइड नं एआई १७६ को जहाज सोमबार बिहान ३ः४५ को समयमा बेंग्लोर विमानस्थलमा उत्रिएको हो । उक्त विमान सनफ्रान्सिस्कोबाट नर्थ पोलको आकास हुँदै एटलान्टिक मार्गबाट बेग्लोर आइपुगेको भारतीय संचारमाध्यमले लेखेका छन् ।

लामो दूरीको यात्रा तय गरेर महिला टिमको नेतृत्वमा सकुसल जहाज उत्रिएपछि एयर इण्डियाले खुसी व्यक्त गरेको छ । एयर इण्डियाले ट्विट गर्दै भनेको छ, ‘ घरमा स्वागत छ । तपाई सबै महिला पाइलटलाई । हामीलाई गर्व छ । ए÷१७६ का सबै यात्रुलाई पनि बधाई छ । जो ऐतिहासिक यात्रामा सहभागी हुनुभयो ।’

Image

उडान गर्नु अगाडि क्याप्टेन जोयाले भनेकि थिइन् कि, ध्र्रवीय उडान पहिला पनि गरेकी थिए । तर यो पहिलोपटक हो चालक दलका सदस्य सबै महिला भएको ।’

वि.सं.२०७७ पुस २७ सोमवार १२:१७ मा प्रकाशित

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता...

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

काठमाडौँ । यसवर्ष नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सार्वजनिक गरेको...

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

घोराही (दाङ) । रोल्पामा आज बिहान भएको जीप दुर्घटनामा परी...

हात्तीको दाह्रासहित काठमाडौंबाट पाँच जना पक्राउ

हात्तीको दाह्रासहित काठमाडौंबाट पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वन्यजन्तुको अखेटोपहार...

मलेसियाबाट फर्केर कृषिमा जमेका चौधरी बने उत्कृष्ट कृषक, राष्ट्रपतिद्धारा पुरस्कृत

मलेसियाबाट फर्केर कृषिमा जमेका चौधरी बने उत्कृष्ट कृषक, राष्ट्रपतिद्धारा पुरस्कृत

महेन्द्रनगर । सात वर्षअघि वैदेशिक रोजगारीका शिससिलामा मलेसिया मजदुरी गर्न...

राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना

राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन...