back
CTIZAN AD

हातेमालो अभियानको २० बर्ष, प्रयास र अभ्यासका केही संस्मरणहरु

वि.सं.२०७७ पुस २७ सोमवार

1.8K 

shares

स्थिति यस्तोसम्म आइपुग्यो कि जडता र सङ्कीर्णताका कारण श्रमशिविर नै रोक्नु पर्दछ कि भन्ने तहसम्म असहजता देखापयो । कांग्रेस, एमालेको ततकालनि नेतृत्व जस्तै खोइ कुन मनोबिज्ञानले हो माओवादी नेतृत्वसँग पनि लामो छलफल गर्नुपयो ।

पञ्चायतको पालादेखि ढुंगाहरुमा कालो इनामेलले यहांदेखी यहांसम्म यति किलोमिटर भनिदै आएको र वालिंग आएपछि मोटर दगुरेको देखेका हामीलाई बहुदलपछि उमा अधिकारी र गीरीराज गौतम सहितका कांग्रेस नेताहरु तथा मीत्रलाल बस्याल लगायतको पहल र सक्रियाताले थोरै उत्साहि बनाएपनि ढुक्क हुने स्थिति थिएन । बाटो खन्न सुरु भए पनि मुख्य ठाउँहरूमा बाटो खन्न अवरोध भएको कारण जनताको व्यापक सहभागीता गराई अवरोध छिचोल्ने उद्देश्यसहित मोटरबाटोको लागि श्रमशिविर गर्ने मेरो प्रस्ताव र सामूहिक निचोड बमोजीम निलकण्ठ तिवारी (कार्यक्रमको समग्र योजना र खाका तयार गर्न), शोभाकान्त रिजाल (तत्कालीन एमाले/माले निकटहरूसँग वातावरण तयार गर्न), नारायण तिवारी (काङ्ग्रेस र पंचहरूसँग वार्ता गर्न) कृष्ण गौतम (काठमाडौँंमा रहने पर्वतेलीको सूची संकलन र स्वयम्सेवक तयार गर्न) जिम्मेवारी समेत विभाजन गरेर हामी अगाडि बढ्यौ ।

पर्वतको तत्कालीन माओवादी पार्टीसँग समन्वय गर्न भने कृष्ण गौतमले म आफैलाई भन्नुभयो र मैले देवेन्द्र पौडेलसँग सम्पर्क पनि गरे । उहाँले आन्तरिक कार्यक्रम नजुधाउने गरी मिलाउनुपर्छ भनेर सकारात्मक रुपमा उत्साहित गर्नुभयो । तर त्यसको केही समयमै हामीले अर्को साथीसँग छलफल गर्नुपर्ने भयो । स्थिति यस्तोसम्म आइपुग्यो कि जडता र सङ्कीर्णताका कारण श्रमशिविर नै रोक्नु पर्दछ कि भन्ने तहसम्म असहजता देखापयो । कांग्रेस, एमालेको ततकालनि नेतृत्व जस्तै खोइ कुन मनोबिज्ञानले हो माओवादी नेतृत्वसँग पनि लामो छलफल गर्नुपयो ।

‘बालिङबाट मोटरबाटो ल्याउँदा दुश्मन चढ्छ र हामीलाई दमन गर्छ’ भन्ने तर्कलाई हामीले भन्यौं, ‘जनयुद्ध समग्र युद्ध भनेर नेताहरूले व्याख्या गरेको हुँदा जनतालाई सुविधा दिएर आफ्नो बनाउनु पर्छ भन्दै विशेष क्षेत्रमा सहिद मार्ग बन्दै गरेको’ समेत बतायौँ । फेरि जनता र सर्वसाधारणको गाडीलाई नछुने तर, युद्धको निशानामा पार्नु पर्नेलाई  एम्बुसमा पारेभै हाल्यो नि ! दुश्मनले पनि पानी खान्छ भन्ने नाउँमा जनतालाई खानेपानी नदिने, बत्ति बाल्छ भन्ने नाउँमा जनतालालाई अन्धकारमा राख्ने र दुश्मन मोटर चढ्छ भन्ने नाउँमा बाटो बनाउन नदिने गर्नु हुदैन भनेर दहरो अडान राखेर तर्कबाटै जडतालालाई कन्भिन्स गर्नुप¥यो ।

मैले २६ गते एउटा प्रस्ताव ल्याएँ, ‘हातेमालो चोक घोषणा गरौँ र यो घोषणा तपाइ (कृष्ण गौतम ) को मुखबाट होस्,’ शोभाकान्त सर पनि खुसी हुनुभयो । तर दाइले मान्नु भएन र भन्नुभयो, ‘यो योजना तिमीले बनाएको हुँदा तिमीले नै घोषणा गर, म अरु बोलौँला’ सोंचेभन्दा बढी उत्साह बाहिर आए पनि हामीले आन्तरिक रुपमा थोरै फरक समीक्षा ग¥यौं र कमजोरीहरु केलायौ जुन समीक्षा मेरो र क. चिन्तनको नाउँबाट २०५७ मै प्रकाशित भएको थियो ।

उक्त प्रयाससंगैको समझदारीपछि काठमाडौँंबाट मात्र ६५ जना र पैयुँ क्षेत्र (बिहादी देखी पाखापानीसम्म) बाट ६० जना गरी १२५ जनाको स्वयम्सेवक टिमको आन्तरिक नेतृत्व कृष्ण गौतम दाइले गर्नु भयो भने त्यतिबेला पुण्य आचार्यलाई स्वयम्सेवक संयोजक र युवराज सेनलार्ई सहसंयोजक बनाई २०५७ पौष २३ देखि २५ सम्म सडक खन्न अबरुद्ध गराइएको ठाउँ मर्दिखोलामा श्रमशिविरको तयारी भयो । गाउँगाउँमा जागरण गीत गाउँदै र टिमलाई उत्साहित गर्दै विकासका गीतहरू घन्के । यसका लागी १५ दिनसम्म कलाकारहरूलाई काठमाण्डौमै प्रशिक्षण समेतको ब्यबस्था भयो । कला संस्कृति क्षेत्रको नेतृत्व उरामका नारायण काफले, संजय आचार्यले गर्नुभएको थियो भने पत्र हस्तान्तरण र प्रचारप्रसारको काम नुमाखर भुर्तेल, थानेश्वर काफले लगायतबाट भएको थियो । पैयुँका सबै गाउँ बस्तिमा ९ दिनसम्म खटेपछि सोंचेभन्दा ठूलो जनसागर ओर्लियो । तत्कालीन एमाले र मालेको काटीछिनो, काङ्ग्रेसभित्रका गुटको पानी बाराबार तथा सत्ता र माओवादीबीचको द्वन्द्वका बेला सबैलाई एकै ठाउँमा ल्याएर मानव सागर १६ हजार ७ सय १२ जनता बाटो खन्ने काममा उपस्थिति रहेको हाजीरीले बताएको थियो । शुरुमा ३ दिन पौष २३ देखी २५ सम्म भनिएपनि यो प्रक्रिया २६ सम्म जारी रहयो र अन्तिम समापन पौष २७ गते हुनपुग्यो ।

हातेमालो चोकको घोषणा
मैले २६ गते एउटा प्रस्ताव ल्याएँ, ‘हातेमालो चोक घोषणा गरौँ र यो घोषणा तपाइ (कृष्ण गौतम ) को मुखबाट होस्,’ शोभाकान्त सर पनि खुसी हुनुभयो । तर दाइले मान्नु भएन र भन्नुभयो, ‘यो योजना तिमीले बनाएको हुँदा तिमीले नै घोषणा गर, म अरु बोलौँला’ सोंचेभन्दा बढी उत्साह बाहिर आए पनि हामीले आन्तरिक रुपमा थोरै फरक समीक्षा ग¥यौं र कमजोरीहरु केलायौ जुन समीक्षा मेरो र क. चिन्तनको नाउँबाट २०५७ मै प्रकाशित भएको थियो । हामीले सोचेभन्दा बढि जनसागर आएकोले ब्यबस्थापन र काममा चुस्तता हुन नसकेको मुख्य समिक्षा रहेको थियो । हामीले अन्ततः पौष २६ गते पौनै ४ बजे हातेमाले चोकको घोषणा गयौ र २७ गते बिहान अन्तिम समापन गरेर पैयुको ऐतिहासीक हातेमालो अभियानको अभिलेखीकरण गयौ ।

त्यतिबेला पानी बाराबारको स्थितिमा रहेका देवबहादुर पौडेल (माले) र गणेश तिमील्सीना (एमाले), काङ्ग्रेसका अर्जुन जोशी, नवराज गुरुङ र स्व. डिल्लीराजहरूका अलग समूह, राजावादी स्व. मनबहादुर देखि माओवादीका नेत्र अधिकारी सम्मलालाई हातेमालोमा सहमत गराउने तथा जयवल्लव भुसाल, क्या. देउबहादुर राना, नरबहादुर राना, स्व याम गुरुङ, टेकलाल काफ्ले, दीपक तिवारी, नेत्र न्यौपाने, भुवन आचार्य, संजय आचार्य, थानेश्वर काफ्ले, नुमाखर भुर्तेल, शिव पौडेल ,फर्शुराम भुर्तेल, नारायण काफ्ले, निद्रा क्षेत्री, विमल वस्याल, यामकला काफ्ले, खैसरा काफ्ले, मित्र राना, हिमाल भट्टराई, देवि तिवारी, यूवराज सेन, ओपी सेन, एकनारायण काफ्ले, रनु गुरुङ, स्व. घनश्याम न्यौपाने, स्व. किसान रिजाल, पुण्यप्रसाद आचार्य तथा स्थानीय टिम पुरै खटेका कारण योजना निर्माणदेखि श्रमशिविर सम्पन्न गराउने काम सफल भएको थियो ।

सो कार्यका लागि पर्वतको पैयुक्षेत्रका प्रतिष्ठित हेडसर तथा सरहरु : तीलकप्रसाद श्रेष्ठ, चिरन्जीवी पौडेल, लोक शर्मा बस्याल, पुन्य तिवारी, अशोकसिंह पाण्डे, दानबिहारी भटराइ, खगेश्वर न्यौपाने, यादव भुसाल, चोकलाल न्यौपाने, केबि आरसी, रेशम न्यौपाने, जयनारायण तिवारी, टेकबहादुर आरसी, केशव शर्मा बसेल, डिल्ली न्यौपाने, केशव भण्डारी, दील बहादुर गुरुङ, स्व तीर्था गुरुङ लगायतको ठूलो योगदान रहेको थियो भने महेन्द्र श्रेष्ठ लगायतका स्थानीय युवाहरुको खटाइ प्रशंसनिय रहेको थियो । तत्कालीन शाही सेनामा कार्यरत देवेन्द्र भुर्तेलदेखि जनसेनाका कमल भुसालसम्मको पाखुरी त्यहाँ बज्रेको थियो ।

श्रमशिविर सम्पन्न भैसकेपछि पनि वायखोला, गहते र डुम्रेभन्ज्याङ्ग नेर विवाद निकै आएपछि वालिंग हुवास मोटरबाटो तथा बिकास सरोकार केन्द्रको बैठकले कृष्ण गौतम सहित जयवल्लभ भुसाल, टेकलाल काफ्ले र संजय आचार्यलार्र्र्ई विवाद मिलाउने जिम्मेवारी दियो । उहाँहरू वायखोलाबाट मिलाउँदै जानुभयो र डुम्रेभन्ज्याङ्गमा पुगेपछि एउटा अन्तरक्रिया कार्यक्रम आयोजना गर्नुभएको थियो । डुम्रे भन्ज्याङ्गलाई मुकाम बनाएर बसेको सो टिमले भन्ज्याङ्ग तल फुलबारीको बाटोको विवाद पनि निरुपण गरेको थियो । यी सबैको सामुहिक प्रयास र पछिल्लो १ बर्षका सघन तथा सकरात्मक हस्तक्षेप पछि २०५८ मंसीर ११ गते हातेमालो चोकमा मोटर पुयाउने चालकलाई माला लगाइएको थियो ।

त्यस लगत्तै संकटकाल लाग्यो । राजनैतिक आग्रह र पुर्वाग्रहका नाउँमा दुःख दिने र पाउने काम भयो । हातेमालो अभियानकै तत्कालीन उर्जाले नै उत्पादनको राष्ट्रिय जागरणका लागि अष्ट ज अभियानमार्फत चालिसाैं जिल्लामा पुग्ने अवसर प्राप्त गरेको छु । खेतका गरा, बारीका पाटा, कान्ला र भीरको पनि व्यवसायिक प्रयोगका नीतिगत व्यवस्थाका लागि अहिले पनि नयां हातेमालो अभियानमै सरिक छु ।

कृष्ण गौतम अहिले हामी सामु हुनुहुँदैन तर उहाँलाई हामी गेटमा देखिरहेका छौ र निकट भबिष्यमा सभाकक्षमा पनि भेटने छौँ । स्व मनहादुर विश्वकर्मा, डिल्लीराज शर्मा, याम गुरुङ, घनश्याम न्यौपाने, किसान रिजाल लगायतले सपनामा आकलझुकल सम्झाइरहेकोले लेखेर भएपनि चित्त बुझाउन मनलाग्यो । इतिहाँसको त्यो उत्कृष्ट घटनाक्रम र मानवसागरको सम्मानका खातिर पनि नयाँ पुस्तालाई पस्कन मनलाग्यो । यति पस्केर मात्र के होला, अब के गरौँ शोभाकान्त सर ?

(लेखक – हातेमालो अभियान २०५७ का संयोजक हुन् । )

वि.सं.२०७७ पुस २७ सोमवार १२:१४ मा प्रकाशित

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

काठमाडौँ । विश्व आज अभूतपूर्व प्रविधिगत परिवर्तनको युगबाट गुज्रिरहेको छ...

आ.ब. २०८३/२०८४ को सार्वजनिक बजेटको अवसर र चुनौतीहरु

आ.ब. २०८३/२०८४ को सार्वजनिक बजेटको अवसर र चुनौतीहरु

१. अवधारणा अर्थराजनीतिक दृष्टिकोणबाट देशको वार्षिक बजेट भनेको केवल आय–व्ययको...

नेपाली अर्थतन्त्रको विरोधाभाष

नेपाली अर्थतन्त्रको विरोधाभाष

१.अवधारणा नेपाली अर्थतन्त्रको विरोधाभाष ९क्ष्चयलथ०वा विडम्बना भनेको स्रोत, साधन र...

स्मृतिदेखि सामाजिक अभियानसम्म : शहीद कुसुम स्मृति प्रतिष्ठान

स्मृतिदेखि सामाजिक अभियानसम्म : शहीद कुसुम स्मृति प्रतिष्ठान

हरियाली डाँडाकाँडा, वनजंगल, खोलानाला र ग्रामिण दृश्यले भरिपूर्ण पहाडी क्षेत्र...

बिर्सँदै गएको इतिहास, जोगाउनुपर्ने गणतन्त्र

बिर्सँदै गएको इतिहास, जोगाउनुपर्ने गणतन्त्र

हरेक वर्ष ज्येष्ठ १५ गतेको सुनौलो बिहानीसँगै नेपाली जनताको स्मृतिमा...

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

१. पृष्ठभूमि नेपाली समाज र यसको अर्थतन्त्रमा देखिएको विडम्बना वा...