back
CTIZAN AD

दुई सञ्चारकर्मी पुरस्कृत

वि.सं.२०७७ पुस २७ सोमवार

810 

shares

२७ पुष, राजविराज । ‘राजविराज टुडे’का सञ्चारकर्मी धर्मपाल राउत २७ औँ ‘लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

लोकेन्द्र स्मृति दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घले राजविराजस्थित महासङ्घको सभाहलमा आयोजना गरेको कर्यक्रममा अनुसन्धानात्मक समाचार तथा खोजमुलक समाचारमा कलम चलाएर योगदान पुर्याएको भन्दै सञ्चारकर्मी राउतलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

विगत १० वर्षदेखि सप्तरी जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका राउत राजविराजबाट प्रकाशित राजविराज टुडेका प्रमुख समाचारदाता छन् । पुरस्कारको राशि रु पाँच हजार ५०० रहेको छ ।

त्यसैगरी ‘आजको वातावरण दैनिक’का सम्पादक वैद्यनाथ झाले स्थापना गरेको उमासिंह स्मृति पत्रकारिता पुरस्कारबाट सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ का स्थानीय समाचारदाता भुवदेव मालीलाई पुस्कृत गरिएको छ ।

‘मधेस न्युज’का समाचारताका रूपमा स्थानीय ग्रामीण भेगमा राम्रो र उल्लेखनीय काम गरेर समाचार लेखेको भन्दै मालीलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि रु एक हजार १११ रहेको छ ।

नेपाल पत्रकार महासङ्घ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित पुरस्कार वितरण समारोहमा वरिष्ठ पत्रकार शिवहरी भट्टराई, उद्योग वाणिज्य सङ्घका अध्यक्ष अरुण प्रधान, पत्रकार महासङ्घका उपाध्यक्ष श्यामसुन्दर यादव र निजामति कर्मचारीहरुको अधिकारिक टे«ड युनियनका सप्तरी अध्यक्ष अजयकुमार झा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
रासस

वि.सं.२०७७ पुस २७ सोमवार ११:५५ मा प्रकाशित

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता...

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

काठमाडौँ । यसवर्ष नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सार्वजनिक गरेको...

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

घोराही (दाङ) । रोल्पामा आज बिहान भएको जीप दुर्घटनामा परी...

हात्तीको दाह्रासहित काठमाडौंबाट पाँच जना पक्राउ

हात्तीको दाह्रासहित काठमाडौंबाट पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वन्यजन्तुको अखेटोपहार...

मलेसियाबाट फर्केर कृषिमा जमेका चौधरी बने उत्कृष्ट कृषक, राष्ट्रपतिद्धारा पुरस्कृत

मलेसियाबाट फर्केर कृषिमा जमेका चौधरी बने उत्कृष्ट कृषक, राष्ट्रपतिद्धारा पुरस्कृत

महेन्द्रनगर । सात वर्षअघि वैदेशिक रोजगारीका शिससिलामा मलेसिया मजदुरी गर्न...

राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना

राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन...