back
CTIZAN AD

ट्रान्सफर मार्केट बन्दहुनु अगि मिलिटाओ  भित्राउने सोचमा टोटेनहाम

वि.सं.२०७७ पुस २८ मंगलवार

711 

shares

२८ पुस, काठमाडौं । टोटेनहाम हट्परका प्रशिक्षक जोसे माउरिन्नोले रियल मड्रीडका ब्रजिलियन डिफेन्डर इडर मिलिटाओलाई समर ट्रान्सफर मार्केट बन्दहुनु अघि क्लबमा भित्राउन चाहेको छन ।

मिलिटाओ  २०१९ मार्चमा पोर्चुगिज क्लब पोर्टोबाट ४३ मिलियन यूरोमा रियल मड्रीडमा अनुबन्ध भएका थिए । रियलमा खेल समय पाउन संघर्षरत उनलाई टोटनहामले आफ्नो क्लबमा अनुबन्ध गर्न चाहेको हो ।

गत सिजन रियलले ला लिगाको उपाधि जित्दा १५ खेल खेलेका २२ वर्षिय मिलिटावले यो सिजन भने हालसम्म तीन खेलमात्र खेल्ने अवसर माएका छन् । स्पेनिस मिडिया एयसका अनुसार, रियलले मिलिटावको लागि खर्च गरेको ४३ मिलियन यूरो पाएमा उनलाई जान दिने सोचमा रहेको जनाएको छ ।

रियलले समर ट्रान्सफर मार्केटमा दुई ठुला खेलाडीलाई क्लबमा भित्राउन लागेकाले पनि उसले मिलिटाव बेचेर आर्थिक भार कमगर्न खोजेको छ । रियलले इर्लिङ हालाण्ड र केलियर एम्बोप्पेलाई क्लबमा  भित्राउन लागेको छ ।

उता, आफ्नो रक्षा पंतिले उत्कृष्ट प्रदर्शन गरिरहेको टोटेनहाम मिलिटावलाई क्लबमा भित्राएर अझै मजबुद बन्ने कोसिसमा रहेको छ । टोटेनहामले यो सिजन म्यान्चेष्टर सिटी पछि रक्षा पंतिमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

वि.सं.२०७७ पुस २८ मंगलवार १४:३८ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...