back
CTIZAN AD

प्रधानसेनापति ट्रफी खेलकूद सम्पन्न

वि.सं.२०७७ माघ ३ शनिवार

642 

shares

३ माघ, काठमाठौँ , प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता, २०७७ सम्पन्न भएको छ ।

नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रबार विशेष समारोहबीच प्रतियोगिताको समापन गरे। प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, सुटिङ र एग्लेटिक्स विधामा १५ टोलीबीच प्रतिस्पर्धा भएको थियो । सो प्रतियोगितामा आर्चरीलाई पहिलोपटक प्रदर्शनी खेलको रुपमा समावेश गरिएको थियो ।

समापन समारोहमा प्रधानसेनापति थापाले पृतना तथा बाहिनीतर्फको समग्र खेलकूदमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल क्रमशः १६ नम्बर बाहिनी अड्डा, मध्य पृतना र उत्तर पश्चिम पृतनालाई नगद तथा ट्रफी प्रदान गरे । यसैगरी गणतर्फ प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल क्रमशः जगदल गण, एक नम्बर जगदल गण र चण्डीदल गणलाई समेत उनले नगद तथा ट्रफी प्रदान गरे ।

सो अवसरमा प्रधानसेनापति थापाले ‘अतिरथि स्व निरशम्सेर जबरा पुरस्कार रन फर फन २०७६’ को म्याराथनको विजेता होमलाल श्रेष्ठलाई तथा ‘महारथि गौरवशम्सेर जबरा अजेयबल ट्रफी’ महिलातर्फ तेक्वान्दो खेलाडी नीता गुरुङ र पुरुषतर्फ ब्याडमिन्टन खेलाडी रत्नजित तामाङलाई प्रदान गरे ।

बलाधिकृत प्रभुराम शर्माले गण फुटबल प्रतियोगिताको फाइनल खेलमा प्रथम स्थान हासिल गर्न सफल जगदल गणका खेलाडीलाई नगद, ट्रफी तथा प्रमाणपत्र प्रदान गरे । सोही खेलमा द्वितीय भएका नयाँ गोरख गणका खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले तथा तृतीय भएको भैरवप्रसाद गणका खेलाडीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले पदक तथा प्रमाणपत्र प्रदान गरे ।

यस्तै बास्केटबलतर्फ प्रथम हुने मध्यपूर्वी पृतनाका खेलाडीलाई उपरथि निरञ्जनकुमार श्रेष्ठले, भलिबलमा प्रथम हुने उपत्यका पृतनाका खेलाडीलाई उपरथि गोकुल भण्डारीले, सुटिङमा प्रथम हुने १६ नम्बर बाहिनीका खेलाडीलाई उपरथि अनन्त कार्कीले तथा एथलेटिक्सतर्फ प्रथम हुनेलाई १६ नम्बर बाहिनीका खेलाडीलाई उपरथि सरोजप्रताप राणाले नगद, ट्रफी तथा प्रमाणपत्र यसअघि प्रदान गरेका थिए । समापन कार्यक्रममा पूर्वप्रधानसेनापति, अन्य सुरक्षा अङ्गका उच्च अधिकृत, नेपाली सेनाका बहालवाला तथा पूर्व उच्च अधिकृतको उपस्थिति थियो ।
‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ नारासहित प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता, २०७७ प्रतियोगिता गत पुस २९ गतेदेखि शुरु भएको हो । प्रतियोगितामा नेपाली सेनाको १५ टोलीको सहभागिता थियो । सेनाले विसं २०६५ देखि प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता आयोजना गर्दै आएको हो ।

वि.सं.२०७७ माघ ३ शनिवार ११:०१ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...