back
CTIZAN AD

कोरोना संक्रमणबाट ब्राजिलमा एकैदिन एक हजारभन्दा बढीको मृत्यु

वि.सं.२०७७ माघ ५ सोमवार

774 

shares

५ माघ, साओ पाउलो, ब्राजिल । ब्राजिलमा विगत २४ घण्टामा कोभिड-१९ सङ्क्रमित एक हजार ५० व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ ।

योसँगै ब्राजिलभरि अहिलेसम्म दुई लाख नौ हजार २९६ कोभिड-१९ सङ्क्रमितको मृत्यु भएको छ ।

उक्त समयमा देशभर ६१ हजार ५६७ नयाँ व्यक्तिमा कोभिड सङ्क्रमण भएको पुष्टि गरिएको छ । अहिलेसम्म ब्राजिलमा कूल सङ्क्रमित भएकाको सङ्ख्या ८४ लाख ५५ हजार ५९ व्यक्ति कोभिड–१९ सङ्क्रमित बनेका छन् ।

एमेजनको राजधानी मानौसस्थित अस्पतालहरूमा विरामीको भार बढ्दै गएपछि विहीबारबाट मेडिकल प्रणालीमा नै चुनौती थपिएको छ ।
उक्त सहरमा अक्सिजनको अभाव भएको बताइएको छ । अस्पतालमा अक्सिजनको अभाव भई विरामीहरूको सेवामा समस्या भएको भन्दै उनीहरूका परिवारका सदस्य तथा आफन्तहरू सडकमा निस्केर अक्सिजन अभावलाई हल गर्न माग गरिरहेका छन् ।

रक्षा मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरी सी–१३० हेर्कुल्समार्फत् १३ ट्याङ्कर अक्सिजन मानौसमा पठाएको जनाएको छ । स्थानीय अस्पतालमा शैया नभएपछि उक्त सहरका विरामीलाई अन्यत्र लाने व्यवस्था भइरहेको पनि बताइएको छ । सिन्ह्वा

 

वि.सं.२०७७ माघ ५ सोमवार ०८:३५ मा प्रकाशित

बैङ्कक पबमा भीषण आगलागी, २७ जनाको मृत्यु, ६३ जना घाइते

बैङ्कक पबमा भीषण आगलागी, २७ जनाको मृत्यु, ६३ जना घाइते

बैङ्कक ।   थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको...

भारतमा फोहोरको थुप्रो खस्दा नौ  मजदुरको मृत्यु

भारतमा फोहोरको थुप्रो खस्दा नौ  मजदुरको मृत्यु

नयाँदिल्ली ।  भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने...

सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गर्दै अष्ट्रेलिया

सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गर्दै अष्ट्रेलिया

क्यानबेरा ।   अष्ट्रेलिया सरकारले आगामी १२ देखि १८ महिनाभित्र सबै...

मध्य अमेरिकामा अत्यधिक गर्मीको लहर, १५० वर्षयताकै तापक्रमको कीर्तिमान भङ्ग

मध्य अमेरिकामा अत्यधिक गर्मीको लहर, १५० वर्षयताकै तापक्रमको कीर्तिमान भङ्ग

वासिङ्टन ।   संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्र आइतबार कीर्तिमानी अत्यधिक...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...