back
CTIZAN AD

सडकका विषयमा वडाध्यक्षमाथि हातपात हुँदा गम्भीर घाइते

वि.सं.२०७७ माघ ५ सोमवार

696 

shares

५ माघ, सिमकोट । हुम्लाको अदानचुली गाउँपालिका-१ का वडाध्यक्षमाथि हातपात हुँदा सख्त घाइते भएका छन् । श्रीनगरको सडकका विषयमा छलफल हुने क्रममा विवाद चर्किएपछि वडाध्यक्ष र थापामाथि हातपात हुँदा टाउको, मुख र शरीरमा चोट लाग्नाका साथै गम्भीर घाइते भएको बताइएको छ ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत अदानचुली गाउँपालिका–१को कार्यक्रम अनुगमनमा गएको समयमा एक्कासि वडाध्यक्ष थापामाथि ढुङ्गाले हानेर गम्भीर घाइते बनाइएको छ । वडाध्यक्ष थापाले प्राविधिकको सर्बेविना श्रीनगरको सडक मनपरी ढङ्गले काट्न नहुने भन्दै सम्झाउन खोज्दा आफूमाथि एक्कासि ढुङ्गामुढा भएको बताए । सो घटनामा परी वडाध्यक्ष थापासहित तीनजना घाइते भएका छन् ।

घाइते हुने वडाध्यक्ष थापा, स्थानीय दीपक थापा र मक्क थापा गरी तीनजनाको अहिले स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । यसभन्दा अगाडि साउन २२ गते नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पर्टी(नेकपा)बीच झडप भएको थियो । रासस

वि.सं.२०७७ माघ ५ सोमवार ०८:४० मा प्रकाशित

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...