back
CTIZAN AD

चिसोमा कठ्याङ्ग्रिएकाहरुलाई सेनाले बाड्यो कम्बल

वि.सं.२०७७ माघ ५ सोमवार

816 

shares

५ माघ,बारा । नागरिक र सेनाबीचको सम्बन्ध सुमधुर बनाउने उद्देश्यअनुरुप नेपाली सेनाले बाराको जितपुर सिमरा उपमहानगरपालिका–१८ र १९ स्थित बडरहवाका विपन्न परिवारलाई कम्बल वितरण गरेको छ ।

नेपाली सेनाको श्री नं. २८ बाहिनी अड्डाअन्तर्गत श्री चन्दननाथ गणको टोलीले आर्थिकरूपमा विपन्न मुसहर, पासवान, माझी समुदायका परिवारलाई राहतस्वरुप १५० वटा कम्बल वितरण गरेको हो ।

स्थानीय सर्वसाधारण र बालबालिका प्राथमिक विद्यालयका विद्यार्थीले प्रयोग गर्ने गरी कम्बल वितरण गरिएको सेनाले जनाएको छ । राहत वितरण कार्यक्रममा श्री नं २८ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी जोन्सन खड्का, श्री चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्यामशरण गोतामेलगायत स्थानीय निकायका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवीलगायतको उपस्थिति थियो ।

कार्यक्रममा श्री चन्दननाथ गणले कम्मलको व्यवस्थापन, जाडोमा उपस्थित स्थानीयलाई चिया बिस्कुटको व्यवस्थासमेत गरेको थियो । कार्यक्रममा बाहिनीपति खड्काले चिसोको कारण असहज जीवनयापन गरिरहेका विपन्न समुदायलाई राहत वितरण गरी सहयोग गर्न पाउँदा ज्यादै खुशी लागेको बताएका छन् ।

कम्बल पाएपश्चात स्थानीय विपन्न समुदायका मुसहर, पासवान, माझी समुदायका परिवारले खुशी हुँदै सेनालाई धन्यवाद दिएका थिए । कोरोना महामारीको विद्यमान असहज परिस्थितिमा पनि आफ्नै घर आँगनमा आएर नेपाली सेनाले राहत वितरण गरेकामा निकै खुशी लागेको उनीहरूको प्रतिक्रिया थियो ।

चन्दननाथ गणले गत हप्ता पनि करैयामाई गाउँपालिकाको उमजनमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरबाट ४५० स्थानीयले स्वास्थ्य सुविधा लिएका थिए । सेनाले विपद्जन्य परिस्थितिमा उद्धार एवं राहत वितरण जस्ता परोपकारी कार्यलगायत विभिन्न जनहितका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

वि.सं.२०७७ माघ ५ सोमवार ०८:४८ मा प्रकाशित

कारको टायरमा गोली हानेर २० हजार ट्रामाडोलसहित तीन पक्राउ

कारको टायरमा गोली हानेर २० हजार ट्रामाडोलसहित तीन पक्राउ

काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ललितपुरमा कारको टायरमा गोली...

रास्वपा लुम्बिनीको सभापतिमा घिमिरे निर्वाचित

रास्वपा लुम्बिनीको सभापतिमा घिमिरे निर्वाचित

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम लुम्बिनी प्रदेश अधिवेशनबाट सभापति...

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा...

परराष्ट्रमन्त्री खनाल चार दिवसीय भ्रमणमा चीन प्रस्थान

परराष्ट्रमन्त्री खनाल चार दिवसीय भ्रमणमा चीन प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका...