back
CTIZAN AD

नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सको एकीकृत कारोबार सुरु हुँदै

वि.सं.२०७७ माघ ५ सोमवार

798 

shares

५ माघ, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको एकीकृत कारोबार माघ ११ गते आइतबारबाट हुने भएको छ ।

दुवै संस्थालाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले मंसिर १८ गते र कम्पनी रजिष्ट्रार कार्यालयले पुस ३ गते अन्तिम स्वीकृति दिइसकेका छन् । दुवै एक भएपछि अब इन्भेष्टमेन्ट बैंकको नामबाट एकीकृत कारोबार हुनेछ ।

प्राप्ति गर्ने सम्बन्धमा दुवै संथाको असोज २८ गते सम्पन्न विशेष साधारणसभाबाट पारित विशेष प्रस्ताव पारित भएको थियो ।

सिटी एक्सप्रेसको १०० कित्ता सेयर हुनेले इन्भेष्टमेन्ट बैंकको ३० कित्ता सेयर पाउने छन् । इन्भेष्टमेन्ट बैंकमा विलय हुने भएसँगै हाल सिटी एक्सप्रेस फाइनान्सको सेयर कारोबार रोक्का छ । यस फाइनान्सको गत पुस २८ गतेदेखि दोस्रो बजारमा सेयर कारोबार रोकिएको हो ।

6004ea57aba9e.jpg

वि.सं.२०७७ माघ ५ सोमवार ११:४२ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...