back
CTIZAN AD

सञ्चार मन्त्रालयको बेरुजु फछ्र्योट प्रगति उन्नाइस प्रतिशत

वि.सं.२०७३ माघ ७ शुक्रवार

861 

shares

७ माघ, काठमाडाँै । सूचना तथा सञ्चार मन्त्रालयले मन्त्रालयबाट भएका महत्वपूर्ण कार्य तथा उपलब्धि हरेक १५ दिनमा जानकारी दिने व्यवस्था मिलाएको जनाएको छ ।
मन्त्रालयले पुस १ गतेदेखि पुस मसान्तसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ । चालु आव २०७३/७४ को पुस मसान्तसम्म रु छ अर्ब ४१ करोड ८८ लाख ९५ हजार १२५ सङ्कलन गर्नुका साथै मन्त्रालयअन्तर्गतको बेरुजु फछ्र्योट प्रगति १८.८८ प्रतिशत रहेको जनाएको छ ।
मन्त्रालयले डिजिटल केबल प्रसारण एक, एफएम तीन तथा नियमित एक एफएमलाई सञ्चालनका लागि अनुमति दिएको छ ।

नेपाल इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आइटियु) को सदस्य भएबापत वार्षिकरुपमा बुझाउनुपर्ने सदस्यता शुल्कअन्तर्गत सन् २०१३ देखि हालसम्म बाँकी रहेको शुल्क महालेखा नियन्त्रक कार्यालयमार्फत भुक्तानी गर्न मन्त्रिपरिषद्बाट स्वीकृत भएको थियो ।
सचिवको संयोजकत्वमा मन्त्रालय र मातहतका निकायको बैठक बसी सरकारको नीति तथा कार्यक्रम, बजेट वक्तव्य, तत्काल सुधार कार्ययोजना, बेरुजु, मन्त्रिपरिषद्का निर्णय, बैठकका निर्णयको हालसम्मको प्रगति समीक्षा गरिएको तथा नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका पदाधिकारीसहितको उपस्थितिमा दूरसञ्चार सेवा प्रभावकारी रुपमा प्रदान गर्न प्रयोग भएको पूर्वाधार, सडक सञ्जाल, विद्युतीय प्रसारण र वितरण र नेपालको बस्ती विकासको वर्तमान अवस्थासमेतलाई ध्यान दिँदै दूरसञ्चार पूर्वाधारसम्बन्धी भविष्यको आवश्यकतालाई ध्यानमा राखी नक्साङ्कन तयार गरी पेस गर्न निर्देशन दिइएको थियो ।

वि.सं.२०७३ माघ ७ शुक्रवार १४:५० मा प्रकाशित

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर (गाइघाट) । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि...