back
CTIZAN AD

तमलोपामा सात पदाधिकारी थपिए

वि.सं.२०७३ माघ ७ शुक्रवार

858 

shares

७ माघ,काठमाडौँ  । तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) मा चार महामन्त्री र तीन सहमहामन्त्री थपिएका छन् ।

थपिएका पदाधिकारीमा महामन्त्रीमा डा विजय सिंह, उमाकान्त झा, चन्दा चौधरी र जितेन्द्र सिंह तथा सहमहामन्त्रीमा डा सुरेन्द्र झा, सामीम मिया अन्सारी र राम प्रवेश वैठा रहनुभएको छ ।

गत असारमा सम्पन्न पार्टीको महाधिवेशनबाट निर्वाचित अध्यक्ष महन्थ ठाकुरलाई पदाधिकारी मनोनयनको अधिकार दिइएको थियो । जसअनुरुप अध्यक्ष ठाकुरले सात केन्द्रीय सदस्यमध्येबाट पदाधिकारी मनोनयन गर्नुभएको हो ।

पार्टीलाई बढी गतिशील बनाई जाति, समुदाय र वर्गलाई पार्टी सङ्गठनमा सहभागी गराई, तराई–मधेसको आवश्यकता र जनभावनाअनुसार पार्टी पदाधिकारी मनोनयन गरिएको अध्यक्ष ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

वि.सं.२०७३ माघ ७ शुक्रवार १४:४८ मा प्रकाशित

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राँझा (बाँके) । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

मेची राजमार्गको राजदुवाली  सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

मेची राजमार्गको राजदुवाली सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

फिक्कल (इलाम) । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...