back
CTIZAN AD

कान्ति अस्पतालमा मानसिक स्वास्थ्य भवन बन्ने

वि.सं.२०७३ माघ ७ शुक्रवार

810 

shares

७ माघ, काठमाडौँ । नेपालको एक मात्र बाल अस्पताल कान्ति बाल अस्पतालमा मानसिक स्वास्थ्य भवन बन्ने भएको छ ।

स्वाथ्यमन्त्री गगनकुमार थापाले रु चार करोड लागतमा निर्माण गरिने सो भवन अस्पताललाई ‘सेन्टर अफ एक्सिलेन्स’ बनाउने योजनाअन्तर्गत बनाउन लागेको जानकारी दिनुभयो ।

नर्वेको फिर्विट फाउन्डेसनको आर्थिक सहयोग र सिविन नेपालको संयोजनमा उक्त भवन निर्माण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्री थापाले केही दिनमा नै भवन निर्माणको सम्झौतापत्रमा हस्ताक्षर हुने बताउनुभयो ।

गत वर्षदेखि कान्तिमा बालमनोरोगको उपचारका लागि छुट्टै विभाग सञ्चालन हँुदै आएको छ । विभागका प्रमुख बालमनोरोग विशेषज्ञ डा अरुण कँुवरले क्लिनिकमा विशेषगरी बच्चाको उमेर बढ्दै जाँदा उमेरअनुसार शारीरिक, मानसिक विकास नहुने, आवश्यकताभन्दा बढी चकचक गर्ने, सुस्त मनस्थिति भएका, बौद्धिक अपाङ्गता भएका बालबालिका आउने गरेको बताउनुभयो ।

देशका विभिन्न स्थानबाट आउने बालबालिका उपचारको अभावमा अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य गर्न भवन बनेपछि सहयोग पुग्ने बताइएको छ ।

वि.सं.२०७३ माघ ७ शुक्रवार १४:४२ मा प्रकाशित

आज यी तीन प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी तीन प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बागलुङ । बागलुङको ढोरपाटन आउने स्थानीय तथा पर्यटकहरुले आवातजावतमा सास्ती भोग्नुपरेको...

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...

जलेको कारबाट शव निकालियो

जलेको कारबाट शव निकालियो

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा...

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

नवलपरासी (पश्चिम) । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा...