back

सञ्चार मन्त्रालयको बेरुजु फछ्र्योट प्रगति उन्नाइस प्रतिशत

वि.सं.२०७३ माघ ७ शुक्रवार

540 

shares
GLOBAL IME AD
NTC AD

७ माघ, काठमाडाँै । सूचना तथा सञ्चार मन्त्रालयले मन्त्रालयबाट भएका महत्वपूर्ण कार्य तथा उपलब्धि हरेक १५ दिनमा जानकारी दिने व्यवस्था मिलाएको जनाएको छ ।
मन्त्रालयले पुस १ गतेदेखि पुस मसान्तसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ । चालु आव २०७३/७४ को पुस मसान्तसम्म रु छ अर्ब ४१ करोड ८८ लाख ९५ हजार १२५ सङ्कलन गर्नुका साथै मन्त्रालयअन्तर्गतको बेरुजु फछ्र्योट प्रगति १८.८८ प्रतिशत रहेको जनाएको छ ।
मन्त्रालयले डिजिटल केबल प्रसारण एक, एफएम तीन तथा नियमित एक एफएमलाई सञ्चालनका लागि अनुमति दिएको छ ।

नेपाल इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आइटियु) को सदस्य भएबापत वार्षिकरुपमा बुझाउनुपर्ने सदस्यता शुल्कअन्तर्गत सन् २०१३ देखि हालसम्म बाँकी रहेको शुल्क महालेखा नियन्त्रक कार्यालयमार्फत भुक्तानी गर्न मन्त्रिपरिषद्बाट स्वीकृत भएको थियो ।
सचिवको संयोजकत्वमा मन्त्रालय र मातहतका निकायको बैठक बसी सरकारको नीति तथा कार्यक्रम, बजेट वक्तव्य, तत्काल सुधार कार्ययोजना, बेरुजु, मन्त्रिपरिषद्का निर्णय, बैठकका निर्णयको हालसम्मको प्रगति समीक्षा गरिएको तथा नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका पदाधिकारीसहितको उपस्थितिमा दूरसञ्चार सेवा प्रभावकारी रुपमा प्रदान गर्न प्रयोग भएको पूर्वाधार, सडक सञ्जाल, विद्युतीय प्रसारण र वितरण र नेपालको बस्ती विकासको वर्तमान अवस्थासमेतलाई ध्यान दिँदै दूरसञ्चार पूर्वाधारसम्बन्धी भविष्यको आवश्यकतालाई ध्यानमा राखी नक्साङ्कन तयार गरी पेस गर्न निर्देशन दिइएको थियो ।

वि.सं.२०७३ माघ ७ शुक्रवार १४:५० मा प्रकाशित

एकसाथ तीन चलचित्र प्रदर्शनमा

एकसाथ तीन चलचित्र प्रदर्शनमा

काठमाडौँ । आजदेखि एकसाथ तीन चलचित्रको प्रदर्शन सुरु भएको छ...

चालु आर्थिक वर्षको छ महिनामा ११ किलोमिटर सडक निर्माण

चालु आर्थिक वर्षको छ महिनामा ११ किलोमिटर सडक निर्माण

जुम्ला । यहाँस्थित पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षको छ...

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई...

प्रतिनिधिसभा बैठक सुरु

प्रतिनिधिसभा बैठक सुरु

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा...

रिडी-बल्कोट सडक आजदेखि बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

रिडी-बल्कोट सडक आजदेखि बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

गुल्मी । मदन भण्डारी राजमार्ग सडकअन्तर्गत पर्ने गुल्मीको रिडी-बल्कोट सडक...

नरहरिनाथमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

नरहरिनाथमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

मान्म (कालीकोट) । कालीकोटको नरहरिनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एकजनाको...