back
CTIZAN AD

मुख्यमन्त्री पौडेल भन्छन् – प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको छ

वि.सं.२०७७ माघ ६ मंगलवार

603 

shares

६ माघ, बागमती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वाग्मती प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको बताएका छन् ।

“वाग्मती प्रदेश विकास दर्पण”को विमोचन गर्दै मुख्यमन्त्री पौडेलले विकासका योजना निर्माण र कार्यान्वयन, सुशासन कायम, आर्थिक विकासलगायत सबै प्रकारका सूचकहरुमा वाग्मती प्रदेश अगाडि रहेको धारणा राखे । पौडेलले सडक, पुल, खानेपानी, सिंचाइ जस्ता विकासका आधारभूत आवश्यकता पुरा गर्नेदेखि लिएर सुरुङमार्ग निर्माणको योजनासमेत कार्यान्वयनको चरणमा रहेको बताए ।

मुख्यमन्त्री पौडेलले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्ने तथा केन्द्र सरकारसँग समेत साझेदारी गर्नुपर्ने भएका कारण सुरुङमार्ग निर्माणमा केही ढिलाइ भएको भए पनि अब केही समयमै निर्माण प्रारम्भ हुने बताए ।

सरकारले विद्युतीय सवारीलाई प्राथमिकता दिन लागेको बताउँदै वाग्मती प्रदेशका हरेक योजना अन्य क्षेत्रका लागिसमेत अनुकरणीय हुने गरेको उनले बताए । पौडेलले ‘सुसंस्कृत र सुखी जनता समाजवाद उन्मुख समृद्ध प्रदेश’ को दुरगामी सोचलाई पूरा गर्न प्रदेशको पहिलो आवधिक योजना २०७६/७७/ २०८०/८१ कार्यान्वयनमा ल्याइएको, प्रदेश नीति तथा योजना आयोगबाट दिगो विकास लक्ष्यसहित अन्य दस्तावेज तयार भई कार्यान्वयनमा ल्याइएको, आफू र मन्त्रीहरूबीच, मन्त्री र सचिवबीच एवं सबै तहका कार्यालय प्रमुखसँग कार्य सम्पादन करार सम्झौता भएको र त्यसको परिणाम सकारात्मक आएको उल्लेख गरे । मुख्यमन्त्री पौडेलले सरकार गठनको तीन वर्ष नपुगिकनै सरकारले गरेका कामको परिणाम देखिन थालिसकेको बताए ।

वि.सं.२०७७ माघ ६ मंगलवार १४:१२ मा प्रकाशित

क्रिकेटः स्कटल्यान्डले नेपाललाई दियो १९५ रनको लक्ष्य

क्रिकेटः स्कटल्यान्डले नेपाललाई दियो १९५ रनको लक्ष्य

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज जारी खेलमा...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय...

अव्यवस्थित तार हटाइँदै

अव्यवस्थित तार हटाइँदै

चितवन । भरतपुर महानगरपालिकाभित्रका सहरी क्षेत्रमा रहेका विद्युत्का ‘पोल’हरुमा रहेका...

जङ्गली भ्याकुर खाँदा एकको मृत्यु, आठ जना बिरामी

जङ्गली भ्याकुर खाँदा एकको मृत्यु, आठ जना बिरामी

बलेवा (बागलुङ) । निगुरो टिप्न जङ्गल गएकाहरुले ल्याएको भ्याकुर खाँदा...

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...

बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान

बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान

म्याग्दी । यहाँको मङ्गला गाउँपालिका–२ कोत्रवाङका एक दम्पतीले बिहेभोजमा हुने...