back
CTIZAN AD

वडा कार्यालयबाट बैंक खाता खोल्दै लाभग्राही

वि.सं.२०७७ माघ ६ मंगलवार

576 

shares

६ माघ, बनेपा । चौरीदेउराली गाउँपालिका–३ माझिफेदाका ७५ वर्षीय साइलीमाया तामाङले घर नजीकै रहेको वडा कार्यालयमा सोमबार पहिलोपटक बैंक खाता खोलिन् ।

ज्येष्ठ नागरिक र अशक्तहरुको सामाजिक सुरक्षा भत्ता वितरणका लागि सरकारले बैंक खाता खोल्न अनिवार्य बनाएपछि जिल्लाको कोशीपारि क्षेत्रका वडा कार्यालयले वडामा नै खाता खोल्न व्यवस्था मिलाएको हो । “म हिँडेर बैंकको कार्यालयमा पुग्न ३ घण्टाभन्दा पनि धेरै समय लाग्छ”, उनले भनिन्,“वडा कार्यालयमा नै खाता खोल्न पाउने सुविधा वडाध्यक्षले व्यवस्था मिलाएपछि खुशी लाग्यो ।”

अर्का ८० वर्षीय जमान सिं तामाङ पनि बैंकमार्फत मात्रै भत्ता आउने भएपछि बैंकमा खाता खोल्न वडा कार्यालय पुगे । पहिला–पहिला वडाध्यक्ष र सचिवले घरघरमै पु¥याउने गरेको भए पनि अब बैंकबाट नै भत्ता दिने भएपछि वडा कार्यालयमा पुगेर खाता खोल्न लागेको उनले बताए ।

ग्रामीण भेगका ज्येष्ठ नागरिक तामाङ त एउटा उदाहरण मात्रै हुन् । यसरी भौगोलिक विकटतासँगै यातायातको सुविधा नभएका ग्रामीण भेगका ज्येष्ठ नागरिक, अशक्त व्यक्तिहरुका लागि टाढाको बैंक रहेको शाखा कार्यालयसम्म पुग्न निकै समस्या झेल्नुपर्ने बाध्यता छ । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरीदेउराली गाउँपालिका–३, माझीफेदाले वडा कार्यालयमा नै खाता खोल्ने वातावरण बनाएको छ ।

सामाजिक सुरक्षा भत्ता वितरण गर्न लाभग्राहीको बैंक खाता खोल्न ग्रामीण भेगका लाभग्राहीलाई असहज भएका कारण एनसिसी बैंक, कात्तिके देउराली शाखासँग समन्वय गरेर वडामा नै खाता खोल्ने वातावरण मिलाएको वडाध्यक्ष विनोद घिसिङले बताए । पूर्ण अपाङ्ग, अपाङ्ग, ज्येष्ठ नागरिक, एकल महिलालाई वडाबाट बैंकको कार्यालय पुग्न हिँडेर कम्तीमा ३ घण्टा लाग्ने भएपछि बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न ग्रामीण क्षेत्रमा कठिन भएको वडाध्यक्ष घिसिङले बताए । “गाउँका ज्येष्ठ नागरिक, शारीरिक अशक्त, एकल महिलालाई बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने नीति त आयो तर उनीहरु बैंकमा पुग्न सक्ने अवस्था नै छैन”, उनले भने, “जनताका लागि गाउँगाउँमा सिंहदरबार आएको अनुभूति पनि गराउन जनताको समस्या हामीले नबुझे कसले बुझ्ने भन्ने हेतुका साथ सो सेवा प्रदान गरेका हौँ ।” जनताको समस्या देखेर नै वडा कार्यालयमा खाता खोल्ने वातावरण मिलाएको उनले बताए ।

खाता खोल्नका लागि तीन दिनसम्म सेवा प्रदान गर्ने उनले बताए । खाता खोल्न शुरु गरेको पहिलो दिन सोमबार मात्रै १५० भन्दा बढीको खाता खोलिसकेको उनले बताए । ३ नं वडामा सामाजिक सुरक्षा भत्ताका लाभग्राही ३८६ जना रहेको वडाध्यक्ष घिसिङले जानकारी दिए ।

वि.सं.२०७७ माघ ६ मंगलवार १४:२० मा प्रकाशित

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ ।...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...