back
CTIZAN AD

इन्टरपोलको २३ औं एसियाली क्षेत्रीय सम्मेलनले गरेका ५ निर्णयहरु

वि.सं.२०७३ माघ ७ शुक्रवार

1K 

shares

interpol-27th-asian-confernece
७ माघ, काठमाडौं । काठमाडौँ बौद्धस्थित ह्यात होटलमा बुधबारदेखि सञ्चालित अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल० को २३ औँ एसिया क्षेत्रीय सम्मेलन विभिन्न ५ बुँदे निर्णय गरी शुक्रबार सम्पन्न भएको छ । सम्मेलनले प्रत्येक २ वर्षमा हुने इन्टरपोलको आगामी २४ औं क्षेत्रीय सम्मेलन सन् २०१९ मा इरानमा गरिने समेत सम्मेलनले निर्णय गरेको छ ।

निर्णय भएका उक्त ५ बुँदामा सन् २०१७ देखि २०२० को रणनीतिक प्राथमिकताका बिषयहरु, एसियाली क्षेत्रमा संवेदनशील समुदायको सहयोगलाई एकिकृत कार्य सञ्चालन गर्ने, आतङ्ककारी तथा तिनीहरुको सङ्गठनविरुद्ध प्रहरीको समन्वय बलियो बनाई बिस्तार गर्ने, इन्टरपोलको एशियाली क्षेत्रमा विश्व साइबर अपराध विरुद्धको रणनीतिक कार्ययोजनाको प्राथमिकता तथा योजना र अन्तर महादेशिय वातावरणीय अपराधको विश्लेषण तथा कारबाही गर्ने योजना रहेका छन् ।

उक्त सम्मेलनको समापनका अवसरमा आयोजित समारोहमा प्रमुख अतिथि उप–प्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले इन्टरपोल विश्वकै कानून कार्यान्वयन गर्ने इकाईहरुको संगठन भएको कारण अन्तरदेशीय तथा संगठित अपराधहरुको विरुद्धमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । अपराधविरुद्ध गरिएको छलफल र निर्णयहरुबाट अपराध नियन्त्रण तथा न्यूनिकरणका लागि भबिष्यमा महत्वपूर्ण प्रभाव पार्ने र यसका लागि नेपाल सरकार गृह मन्त्रालयले सहयोगी भूमिका निर्वाह गर्न सदैव अग्रसर रहेको उहाँले उल्लेख गर्नुभयो ।

उप–प्रधान तथा गृहमन्त्री निधिले नेपालको संविधान निर्माणको क्रममा शान्ति सुरक्षामा देखिएको अत्यन्त संवेदनशील अवस्थालाई नेपाल प्रहरीले चिर्दै सहयोगी भूमिका निर्वाह गरेको उल्लेख गर्दै संविधान कार्यान्वयनमासमेत नेपाल प्रहरीले निर्वाह गर्दै आएको भूमिका र योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । साथै आगामी दिनमा समेत अपराध नियन्त्रणमा देखिएका चुनौतीको पहिचान, त्यस्ता अपराधहरुको नियन्त्रणका लागि कानून कार्यान्वयन, सिमारहित संगठित अपराधको नियन्त्रण, शान्ति सुरक्षा कायम गर्ने कार्यमा यस सम्मेलनको मार्गनिर्देशन अनुरुप इन्टरपोलका सदस्य राष्ट्रहरु एक्यबद्ध भई अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

समारोहमा इन्टरपोलका महासचिव व्गचनभल क्तयअप ले एशियाली मुलुकहरुको सम्बन्ध ज्यादै पुरानो भएको चर्चा गर्दै आतङ्कवाद, सङ्गठित अपराध, वातावरणीय सुरक्षा, मानव बेचबिखन नियन्त्रण, बन्यजन्तु सम्बन्धी अपराध नियन्त्रण लगायतका अपराध न्यूनिकरणमा प्रभावकारी समन्वयको बिकास गर्नुपर्ने बताउनुभयो । यस महत्वपूर्ण सम्मेलन सफलता पुर्वक सम्पन्न गरेकोमा नेपाल सरकार तथा नेपाल प्रहरीलाई उहाँले धन्यबाद दिनुभयो ।

सो अवसरमा गृहसचिव लोकदर्शन रेग्मीले अन्तरदेशिय अपराध न्यूनिकरण एवम् सुरक्षित संसार निर्माणका लागि इन्टरपोलले गरेको योगदानको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय सुरक्षा नीति निर्माण गर्न सम्मेलन फलदायि हुने विश्वास व्यक्त गर्नुभयो । प्रहरी संगठन नै सुरक्षाको विश्वसनीय संगठन भएको चर्चा गर्दै उहाँले सम्मेलनमा भएका छलफल र निर्णयहरुले प्रहरी संगठनको आगामी कार्यदिशा तय गर्नुको साथै नागरिकमा सुरक्षाको प्रत्याभूति दिने विश्वास व्यक्त गर्नुभयो ।

उक्त समारोहमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले इन्टरपोलका सदस्य राष्ट्रहरुबीच आधुनिक प्रबिधि तथा सूचना आदान प्रदानको गतिलाई अझै तीब्रता दिन सकेमा नै आतङ्कवाद, सङ्गठित अपराध, साइबर क्राइम, आर्थिक अपराध, सामाजिक अपराध, सिमा सुरक्षा, बालश्रम शोषण लगायतका अपराध नियन्त्रण तथा न्यूनिकरण गर्न सकिने उल्लेख गर्नुभयो । आतङ्कबादबाट कुनै पनि देश अछुतो रहन नसक्ने चर्चा गर्दै उहाँले एकआपसमा हुने उत्कृष्ट सहयोग, समन्वय र सहकार्यबाट मात्रै त्यस्ता अपराधको सहजतापुर्वक सामना गर्न सकिने बताउनुभयो ।

माघ ५, ६ र ७ गतेसम्म संचालन भएको ३ दिने उक्त सम्मेलनमा इन्टरपोलका अध्यक्ष ःभलन ज्यलनयष्भ, बिभिन्न ३३ राष्ट्रका प्रहरी प्रमुखहरु लगायत १ सय ६६ प्रतिनिधिहरुको सहभागिता रहेको थियो । गत बुधबार सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले उदघाटन गर्नुभएको उक्त सम्मेलनमा विविध बिषयमा विस्तृत छलफल, अन्तरक्रिया एवं प्रस्तुतीकरण भएको थियो । साथै सहभागी प्रतिनिधिहरुबाट सल्लाह, सुझाव तथा सूचना आदान–प्रदान गर्नुकोसाथै आ–आफ्नो राष्ट्रको अनुभवहरु आदान–प्रदान भएको थियो ।

सम्मेलन पश्चात आयोजित पत्रकार सम्मेलनमा उक्त सम्मेलन तयारी समिति एवम् कार्यक्रमका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक बिज्ञानराज शर्माले सम्मेलनबाट नेपालले अन्तरदेशिय सम्बन्ध विस्तार, अपराध अनुसन्धानमा सहजता, नेपालको कला संस्कृतिको विश्वसामु परिचय, अन्तराष्ट्रिय अपराधसँग परिचित भई नेपालको सन्दर्भमा कार्ययोजना तय गर्न सहयोग, नयाँ प्रविधिजन्य प्रशिक्षणमार्फत दक्षता अभिबृद्धि लगायतका विषयमा उपलब्धी हासिल गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

सन् १९६७ मा जापानमा सम्पन्न इन्टरपोलको ३७औं महासभाबाट नेपालले इन्टरपोलको १००औं सदस्य राष्ट्रको रुपमा मान्यता पाएको थियो । नेपालले २७ वर्ष अघि २०४५ सालमा १०औं क्षेत्रीय सम्मेलन आयोजना गर्ने मौका पाएको थियो ।

साथै अपराधको अभिलेख तथा डाटा बैंक बिस्तार, एक देशमा अपराध गरी अर्को देशमा आश्रय लिनेलाई पक्राउ गरी कारबाही गर्ने, सदस्य देशले मागेको सहयोगमा शीघ्र प्रतिक्रिया गर्ने, सदस्य देशहरुको नवीन तथा राम्रा कामहरुको अनुभव आदान प्रदान गर्ने, दक्षता अभिबृद्धिमा सहजीकरण गर्ने, इन्टरपोल प्रधान कार्यालयमा नेपाल प्रहरीको प्रतिनिधित्व सुनिश्चित गरी पक्राउ एवम् विभिन्न सूचना प्रकाशित गर्ने लगायतका विषयमा नेपालले इन्टरपोलबाट अपेक्षा राखेको छ ।

वि.सं.२०७३ माघ ७ शुक्रवार १५:०९ मा प्रकाशित

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर (गाइघाट) । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि...