१० माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ३ हजार ५४१ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १०९ जनासहित देशैभरी २३२ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला ९१ र १४१ जना पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार आज प्रदेश २ मा ६ जना, बागमती प्रदेशमा १६२, गण्डकी प्रदेशमा २६, लुम्बिनी प्रदेशमा ३७ र सुदूरपश्चिम प्रदेशमा १ जना संक्रमित थपिएका हुन् ।
आज थपिएका २३२ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ६९ हजार १८० पुगेको छ ।
त्यसैगरी आज देशैभरी ३८६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ३८६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ६३ हजार ७३४ पुगेको छ । निको हुनेको यो दर ९७.९ प्रतिशत हो ।
त्यसैगरी आज देशैभरी ८ जनाको कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लाका ८ जना कोरोना संक्रमितको मृत्यु भएको हो । आज थपिएका ८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १,९९४ पुगेको छ ।
आज देशैभरी ३०२ जनामा कोरोना संक्रमण, ४८० जना निको, ७ जनाको मृत्यु
वि.सं.२०७७ माघ १० शनिवार १७:०२ मा प्रकाशित






























