back
CTIZAN AD

विभिन्न ठाउँमा नयाँ १० मतदान स्थल थप गरिने

वि.सं.२०७७ माघ १० शनिवार

747 

shares

१० माघ, रुकुम । यहाँका विभिन्न ठाउँमा नयाँ १० मतदान स्थल थप गर्न सिफारिस गरिने भएको छ । मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी राजकुमार राईको अध्यक्षतामा बसेको बैठकले जिल्लाका १० ठाउँमा मतदान स्थल थप गर्न सिफारिस गरी पठाउने निर्णय गरेको हो ।

जिल्लामा मतदान स्थल र मतदान केन्द्र थप गर्ने विषयमा छलफल भई १० ठाउँमा नयाँ मतदान स्थल तोक्नका लागि सिफारिस गर्ने निर्णय भएको निर्वाचन कार्यालयका निमित्त निर्वाचन अधिकारी हर्कबहादुर शाहीले जानकारी दिए । उनका अनुसार सिस्ने गाउँपालिकामा चार, पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकामा तीनतीन ठाउँमा नयाँ मतदान स्थल थप गर्नका लागि सिफारिस गररेर पठाइने छ ।

सिस्ने–१ को भट्टेचौर, वडा नं २ को नायगाड, ४ को झाक्रिपोले र ६ को खोपिचारमा नयाँ मतदान स्थलका लागि सिफारिस गरिने शाहीले बताए । यस्तै भूमे–६ को नाखे, वडा नं ८ को कुचिबाङ, ९ को सिमचौर, पुथाउत्तरगङ्गा–२ को हार्दिबाङ, वडा नं १० को घुम्लिबाङ र ७ को जाङमा नयाँ मतदान स्थलका लागि सिफारिस गर्ने निर्णय भएको शाहीले जानकारी दिए ।

वि.सं.२०७७ माघ १० शनिवार १५:४७ मा प्रकाशित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

देवचुली नगरपालिका–१५ स्थित जनज्योति माध्यमिक विद्यालयमा ‘जनज्योति स्काउट ट्रुप’को आयोजनामा...

भन्सार छलेका रु ४१ लाख बढीका सामान बरामद

भन्सार छलेका रु ४१ लाख बढीका सामान बरामद

लुम्बिनी । रुपन्देही प्रहरीले जिल्लाको भैरहवामा एक व्यापारीको गोदामबाट मङ्गलबार...

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

घोराही (दाङ) । दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर एक जनाको...

आहा ! श्रीमञ्ज्याङ लामागाउँ

आहा ! श्रीमञ्ज्याङ लामागाउँ

श्रीमञ्ज्याङ (दोर्दी) । लमजुङको दोर्दी गाउँपालिका–३ स्थित श्रीमञ्ज्याङ लामागाउँ प्रकृति,...