back
CTIZAN AD

खुल्यो इजरायलको रोजगारी, कस्ता व्यक्ति रोजगारीका लागि जान पाउँछन् त ?

वि.सं.२०७७ माघ ११ आइतवार

846 

shares

११ माघ काठमाडौं । लामो समयदेखि प्रतिक्षित इजरायलको रोजगारी खुलेको छ ।

विहिबार बैदेशिक रोजगार विभागका महानिर्देशक कुमार प्रसाद दाहाल र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच भएको सम्झौता अनुसार अबको तीनमहिनाभित्र नेपाली कामदारले इजरायलमा रोजगारीका लागि जान पाउने भएका हुन् ।

उक्त सम्झौता अनुसार केयर गिभर तालिम लिएका, १२ पास भएका, २५ देखि ४५ वर्ष उमेर समुहको हुनुपर्ने छ भने इजरायलमा काम गरेर फर्किएका कामदारले भने यो अवसर लिन पाउने छैनन् ।

विभागका महानिर्देशक दाहालका अनुसार पहिलो चरणमा पाँचसय जना कामदार इजरायल जान पाउनेछन् ।

बैदेशिक रोजगार विभागका अनुसार यहि जनवरीदेखि प्रक्रिया सुरु गरिने र छिटोमा यहि मार्च अप्रिलसम्ममा कामदार इजरायल पठाइनेछ । कामदार पठाउने प्रक्रिया प्रतिश्पर्धाका आधारमा हुनेछ भने १२ पास गरेका १५ महिने अनमि तालिम लिएका, तथा अंग्रेजी भाषा जानेका हुनुपर्ने बताइएको छ ।

विभागका सूचना निर्देशक टिकाराम नेउपानेका अनुसार इजरायल जाने खर्च व्यत्ति m स्वयम्ले बेहोर्नु पर्ने र त्यसका लागि बढीमा १ लाख रुपैयाँसम्म खर्च हुनेछ । सरकार टु सरकार (जीटुजी) मार्फत् कामदार इजरायल जान पाउने भएका हुन् ।

विभागका अनुसार कामदारले इजरायलको श्रम कानुन अनुसार मासिक १५ सय डलर तलब पाउने छन् भने रोजगारीको समयअबधि ५ वर्षको हुनेछ ।

इजरायलले यसअघि पनि केयर गिभर, नर्सिङ क्षेत्र अस्पताल, लगायतका क्षेत्रमा नेपाली कामदार लैजाने गरेको थियो । ५ वर्षदेखि रोकिएको इजरायल रोजगारी पुनः खुलेको छ ।

वि.सं.२०७७ माघ ११ आइतवार १३:३४ मा प्रकाशित

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...