back
CTIZAN AD

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

वि.सं.२०७७ माघ १३ मंगलवार

786 

shares

माघ १३, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिकाे बैठक बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठका अनुसार आजको बैठकमा प्रतिनिधि सभा विघटनविरुद्व घोषणा भएका आन्दोलनका कार्यक्रम र प्रदेश सभामा दर्ता अविश्वासका प्रस्तावबारे छलफल हुने कार्यक्रम रहेको छ । उनका अनुसार प्रदेशसभामा दर्ता अविश्वासको प्रस्तावबारे आजको बैठकले थप निर्णय लिनसक्ने छ ।

प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्व विभाजित नेकपाको प्रचण्ड–नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गरेको छ । दुवै स्थानमा कांग्रेस निर्णायक अवस्थामा छ ।

यसअघि कांग्रेसले प्रदेश १ र बागमती प्रदेशका केन्द्रीय सदस्यहरुसँग छलफल गरेको थियो । तर, हालसम्म पनि कांग्रेसले कसलाई सहयोग गर्ने निर्णय गरेको छैन् ।

साथै कांग्रेसले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको ठहर गर्दै चरणबद्ध रुपमा आन्दोलन गरिरहेको छ । कांग्रेसले जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा स्तरसम्म प्रदर्शन गरिसकेको छ । जसबारे पनि आजको बैठकले थप निर्णय लिन सक्ने बुझिएको छ ।

वि.सं.२०७७ माघ १३ मंगलवार १३:०९ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...