back
CTIZAN AD

अफवाहको खण्डन गर्दै वामदेवको आयो यस्तो धारणा

वि.सं.२०७७ माघ १३ मंगलवार

786 

shares

१३ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले अफवाहको खण्डन गर्दै एकता विरोधीहरुले अभियानलाई कमजोर बनाउने दुस्साहस गरेको बताएका छन् ।

पार्टी एकता राष्ट्रिय अभियानका संयोजक समेत रहेका गौतमका सन्दर्भमा विभिन्न संचारमाध्यममा प्रेषित समाचारमा उनको सचिवालयको ध्यानाकृष्ट भएको जनाउँदै पार्टी एकताको निस्वार्थ उद्देश्यमाथि प्रहार गरिएको ठहर समेत गरिएको छ ।

गौतमको सचिवालयका तर्फबाट विश्वमणि सुवेदीले उपाध्यक्ष गौतमले ‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भन्ने शीर्षक राखेर विभिन्न अनलाइनमा आएको समाचारको खण्डन गरेका हुन् ।

यस्तो छ सचिवालयद्धारा जारी विज्ञप्ति
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक क.वामदेव गौतमका सन्दर्भमा विभिन्न सञ्चार माध्यमबाट प्रेषित समाचारमा उहाँको सचिवालयको ध्यानाकृष्ट भएको छ ।

राष्ट्रिय समाचार समितिको १२ गते प्रकाशित बुलेटिनबाट साभार गरेर विभिन्न अनलाइन न्युज पोर्टलमा आज १३ गते प्रकाशित समाचारमा ‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भन्ने शीर्षक राखिएका छन् ।

विगत केही समयदेखि क.वामदेव गौतमलाई विभिन्न किसिमले अपमान गर्ने, उहाँका विचार, अभियान र विधि पक्षधर कार्यशैलीमाथि भ्रम सिर्जना गराउने कामहरु योजनावद्ध रुपमा हुँदै आएका छन् । राससमा प्रकाशित उक्त समाचार त्यही क्रमको निरन्तरता हो ।
सोमबार केही पत्रकार साथीहरु उहाँलाई भेट्न भैंसेपाटीस्थित हाम्रो सचिवालयमा आउनुभएको थियो । ती साथीहरु पत्रकारमात्र नभई पार्टी र संगठनमा समेत आवद्ध भएका नाताले अनौपचारिक रुपमा भेट गर्न आउनुभएको हो । उहाँहरुसँग पार्टी एकता अभियान, विभाजनले निम्त्याएका असर लगायतका विषयमा अनौपचारिक कुरा भएको हो । तर, जसरी समाचारमा आएजस्तो ‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भन्ने कुरा उहाँबाट व्यक्त भएको छैन ।

उहाँको नेतृत्वमा भोलि बुधबार (१४ माघ) मा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा हुँदैछ । पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि विभाजन नहोस् भन्ने पक्षमा छ । त्यही माग र चाहनालाई सम्बोधन गर्न हामीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान सञ्चालन गरिरहेका छौं । पहिले एकतामा आउन नसकेका र छरिएर रहेका विभिन्न कम्युनिष्ट तथा वाम–प्रगतिशील समूह एवं व्यक्तिहरुलाई पनि यो अभियानमार्फत् एकतावद्ध गर्ने उद्देश्य राखिएको छ । तर, जसरी ‘अध्यक्ष पद दिने समूहमा जाने’ भनी वामदेव कमरेडको नाममा भनाइ सार्वजनिक गरियो, यसलाई हामीले पार्टी एकताको निस्वार्थ उद्देश्यमाथि प्रहार गरिएको रुपमा बुझेका छौँ । एकता अभियानका नेतृत्वकर्ता कमरेडमाथि नै यस्ता भ्रमपूर्ण समाचार प्रवाह गर्नु भनेको एकता विरोधी व्यक्तिहरुले हाम्रो अभियानलाई कमजोर बनाउने दुस्साहस गरेको रुपमा हामीले बुझेका छौँ ।

क.वामदेव गौतम पार्टी एकताका निम्ति आफूसँग भएका पदहरु गुमाउन वा कसैका निम्ति छोडिदिन पनि तयार हुनुहुन्छ । किनभने, पार्टीको एकता आम नेपालीको चाहना हो । मुलुकको विकास, सुशासन र समृद्धिका लागि पार्टी एकता अनिवार्य छ । त्यस्तो अनिवार्यतावोध गर्ने नेताले ‘मलाई यो पद दिए त्यो समूहमा जान्छु’ भन्ने जस्ता अभिव्यक्ति दिँदैन भन्ने कुरा जिम्मेवार सञ्चारकर्मी तथा आम जनसमुदायले साथीहरुले बुझ्नु हुनेछ भन्ने विश्वास लिएका छौँ ।’

क.वामदेव गौतमको सचिवालयबाट
विश्वमणि सुवेदी
१३ माघ २०७७

वि.सं.२०७७ माघ १३ मंगलवार १८:५८ मा प्रकाशित

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...