back
CTIZAN AD

कोभिड – १९ बाट भन्दा सडक दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या बढी

वि.सं.२०७७ माघ १३ मंगलवार

738 

shares

फाइल तस्विर

१३ माघ, काठमाडौँ । सन् २०२० मा नेपालमा सबैभन्दा विभिन्न विपद्का घटनाबाट ४ हजार ४९६ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको एक विवरणअनुसार सन् २०२० मा विपद्का घटनाहरूबाट ४ हजार ४९६ जनाको मृत्यु भएको छ भने १०२ जना बेपत्ता भएका छन् ।

त्यसमा सबैभन्दा बढी सडक दुर्घटनामा परेर मृत्यु भएको छ भने त्यसपछि कोभिडका कारण ज्यान गुमाएका छन् ।

सडक दुर्घटनामा २०८५ जनाको मृत्यु भएको छ भने कोभिडका कारण १८५६ जनाको मृत्यु भएको छ । सडक दुर्घटना र कोभिड १९ का कारण मात्र ८८ प्रतिशतको ज्यान गएको तथ्यांकमा उल्लेख छ ।

यसैगरी, पहिरोमा परी ३०३ जनाको मृत्यु भएको छ भने ६४ जना बेपत्ता छन् । चट्याङ्ग लागेर ८२ जनाको, आगलागीमा परी ५३ जनाको मृत्यु भएको छ । बाढीमा परी ४२ को मृत्यु र ३७ जना बेपत्ता छन् । सर्पले डसेर मृत्यु हुनेको संख्या २१ रहेको तथ्यांकमा उल्लेख छ ।

सन् २०२० मा विपदका विघिन्न घटनाहरुबाट ४,४१६ मानिसको मृत्यु भएको र १०२ जना बेपत्ता भएको थियो । त्यसमध्ये सडक दुर्घटनाबाट मात्र २,०८५ जनाको मृत्युभ एको थियो भने ५,२६० जना गम्भिर घाइते भएका थिए ।

वि.सं.२०७७ माघ १३ मंगलवार १९:२३ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...