back
CTIZAN AD

संसद विघटन मुद्दामा बहस गर्न अब १५ मिनेट मात्रै

वि.सं.२०७७ माघ १४ बुधवार

786 

shares

माघ १४, काठमाडौं । संसद विघटनविरुद्व परेका रिटमाथि भईरहेको बहसमा प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराले समय तोकिदिएका छन् । बुधबारको बहसका क्रममा उनले प्रत्येक कानून व्यवसायीलाई १० देखि १५ मिनेट मात्रै समय दिने बताएका थिए ।

उनले संसद विघटनसम्बन्धी ६ वटा रिटमा सुनुवाई बाँकी रहेको भन्दै धेरै समय नलिन आग्रह गरेका थिए ।

“अब अहिले १०–१५ मिनेटभन्दा समय नदिइदिनुहोला । हामी दिन पनि सक्दैनौं । यहाँहरुले हठ नगर्नुहोला,” उनले भनेका थिए ।
संसद विघटनविरुद्व दायर दर्जन बढि रिटमा बहसको लागि ३ सय जना कानून व्यवसायीहरुले नाम लेखाएका छन् । तर, एउटै अधिवक्ताले २ घण्टासम्म पनि समय लिईरहेका छन् ।

यसअघि बुधबार बहसकै क्रममा न्यायाधीश सपना प्रधान मल्लले अदालतले मुद्दा लम्ब्यायो भन्ने चिन्ता छाएको भन्दै व्यवस्थापन गर्नुपर्ने धारणा राखेकी थिइन् ।

वि.सं.२०७७ माघ १४ बुधवार १७:३१ मा प्रकाशित

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...