back
CTIZAN AD

आज २८३ जनामा कोरोना संक्रमण, २४६ जना निको, ३ को मृत्यु

वि.सं.२०७७ माघ १४ बुधवार

753 

shares

१४ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ४ हजार ३८२ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १४५ जनासहित देशैभरी २८३ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला ११४ र पुरुष १६९ रहेका छन् ।

आज थपिएका २८३ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७० हजार ४९४ पुगेको छ ।

त्यसैगरी आज देशैभरी २४६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २४६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ६५ हजार ६९ पुगेको छ । निको हुनेको यो दर ९८. प्रतिशत हो ।

त्यसैगरी आज देशैभरी ३ जनाको कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लाका ३ जना कोरोना संक्रमितको मृत्यु भएको हो । आज थपिएका ३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०२० पुगेको छ ।

आज देशैभरी ३०३ जनामा कोरोना संक्रमण, २८५ जना संक्रमणबाट मुक्त, ६ जनाको मृत्यु

वि.सं.२०७७ माघ १४ बुधवार १६:३६ मा प्रकाशित

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

अत्तरिया (कैलाली)  । गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको...

मनै लोभ्याउने ‘माइपोखरी’

मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल (इलाम) । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...