back
CTIZAN AD

तपाईको आज (बिहीवार) को राशिफल भन्छ-आज यी ६ राशिकालाई हुनेछ विशेष फाईदा !

वि.सं.२०७७ माघ १५ बिहीवार

804 

shares

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन् । पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । टाढिएका आफन्त नजिकिन सक्छन् । तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ । पुरानो सम्झौता भंग हुन सक्छ । शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला, महत्त्वाकांक्षी योजना थालनी हुनेछ ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सिद्धान्तमा मतभेद भए पनि सहयोगीहरूले राम्रो साथ दिनेछन् । काममा मिहिनेतको फल प्राप्त हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । मतभेदले रोकिएका काम पुनः प्रारम्भ गर्न सकिनेछ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रमाइलो जमघटमा स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
केही खर्च लागे पनि नयाँ काममा लगानी गर्ने समय छ । मिहिनेतले प्रतिस्पर्धीहरू पछि पर्नेछन् । प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ । अरूको करकापमा गरिएको कामसमेत लाभदायी बन्न सक्छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने वा आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ । सरसापटमा गएको रकमले समेत मनग्य फाइदा दिनेछ ।

कन्या- टो, प, पि, पु, ष, ण, ठ, पे, पो
विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन निकै सजग रहनुपर्ला । परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनुपर्नेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ । श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्न सक्छ ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ । आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछन् । शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मसञ्चय गर्ने समय छ । सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ । मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ ।

बृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु
रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ । मिहिनेतले राम्रो प्रतिफल दिलाउनेछ । आँटले काम सम्पादन हुनेछ । थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । भौतिक साधन जुट्नेछन् भने दिगो काम प्रारम्भ गर्न सकिनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउने मौका छ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।

धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला । परिबन्धले चुनौती निम्त्याउन सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोल । केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
छोटो समयमा गरिएको कामबाट मनग्य फाइदा हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । विशेष उपहार प्राप्त हुन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ । व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ । मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
पहिलेको सफलताले हौसला जगाए पनि विवाद तथा मुद्दाहरूमा निकै सजग रहनुपर्नेछ । प्रतिस्पर्धीहरूले अलि दुःख दिन सक्छन् । पछिका लागि भने विशेष काममा जग बसाउने मौका छ । परिश्रम परे पनि लक्ष्य नजिक पुग्न सकिनेछ । ऋण, शत्रु र रोगबाट सजग रहनुपर्ला। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अध्ययनमा विशेष प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । मनको डर उत्साहमा रूपान्तरित हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ । व्यापारमा समेत राम्रो फाइदा हुनेछ ।

२०७७ माघ १५ गते, बिहीवार, (२८ जनवरी २०२१)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

आज बुधबार, राशिफल हेरेर सुरुवात गर्नुहोस् तपाईको आजको दिन

वि.सं.२०७७ माघ १५ बिहीवार ०८:१३ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...