back
CTIZAN AD

सूर्य थापा भन्छन्–प्रचण्डले भैसी पूजा गर्दा केपी ओलीले पशुपतिनाथमा पूजा गर्न किन नहुने ?

वि.सं.२०७७ माघ १५ बिहीवार

954 

shares

१५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्डले भैसी पूजा गर्दा केपी ओलीले पशुपतिनाथको पूजा गर्न किन नहुने भन्ने आशय व्वयक्त गरेका छन् ।

कम्युनिष्ट नेताहरुले अहिलेसम्म पशुपतिमा पुगेर पूजा नगरेको अवस्थामा प्रतिनिधिसभा विघटन गरेको केहीदिनपछि प्रधानमन्त्रीले पशुपतिमा पुगेर गरेका पूजाका बारेमा विभिन्न टिप्पणी आइरहेका बेला प्रधानमन्त्रीका सल्लाहकार थापाले प्रचण्डले भैसी पूजा गरेको र ओलीले पशुपतिनाथमा पूजा गरेको फोटो सामाजिक संजालमा राख्दै यस्तो लेखेका हुन् ।

‘प्रधानमन्त्री एवं पशुपति विकास कोषका संरक्षक केपी शर्मा ओलीेले माघ १२ गते बिहान ८ः३० बजे श्री पशुपतिनाथ मन्दिरको भ्रमण, निर्माणकार्यको निरीक्षण एवं विशेष पूजा र दीप प्रज्वलन गर्नुभयो ।

सुनको जलारी निर्माणको मन्दिरको योजनामा जम्मा रहेको ६५ करोड बजेटमा सरकारका तर्फबाट ३० करोड उपलब्ध गराउने प्रतिबद्धताको घोषणा गर्नुभयो ।

पहिले पित्तल र तामाको जलारी रहेकोमा अब १४१ किलो सुनको जलारी निर्माणको सुनिश्चितता भएको छ ।
दैनिक हजारौं जनता श्रद्धाका साथ पूजाआजामा जाने पशुपतिनाथ मन्दिरमा उहाँको यस कार्यको सर्वत्र प्रशंसा भएको छ ।’

पहिलाे तस्बिर –
प्रधानमन्त्री एवं पशुपति विकास काेषका संरक्षक केपी शर्मा ओलीेले माघ १२ गते बिहान ८:३० बजे श्री…

Posted by Surya Thapa on Wednesday, January 27, 2021

वि.सं.२०७७ माघ १५ बिहीवार ०९:०३ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...