back
CTIZAN AD

खुकुरी प्रहारबाट घाइते भएकी रेग्मीको उपचारमा समस्या

वि.सं.२०७७ माघ १५ बिहीवार

1.1K 

shares

१५ माघ, सोलुखुम्बु । छिमेकीको खुकुरी प्रहारबाट घाइते माप्यदूधकोशी गाउँपालिका–६ वाप्साकी ५५ वर्षीया कुमारी रेग्मी मगरको उपचारमा समस्या भएको छ ।

स्थानीय सूर्य रेग्मी मगरले आर्थिक सङ्कलन गरी मङ्गलबार उनलार्य गाउँबाट जिल्ला अस्पताल फाप्लु उपचारमा ल्याएका थिए । फाप्लुमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लानुपर्दा समस्या भएको उनको भनाइ छ ।

सोमबार दिउँसो घाँसको विषयमा विवाद हुँदा छिमेकी ७३ वर्षीय सिंहबहादुर रेग्मी मगरले खुकुरी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

उनका अनुसार खुकुरी प्रहारबाट महिलाको टाउको र दाहिने हातमा चोट लागेको छ । महिलाकी श्रीमान्ले दोस्रो विवाह गरी अन्यत्र गएको र छोराछोरी समेत नभएको हुँदा थप समस्या भएको बताइएको छ ।

खुकुरी प्रहार गर्ने वृद्धसमेत अपाङ्गता भएको र आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च बेहोर्न नसक्ने रहेको बताइएको छ । सिंहबहादुरलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । रासस

वि.सं.२०७७ माघ १५ बिहीवार १२:४७ मा प्रकाशित

मनै लोभ्याउने ‘माइपोखरी’

मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल (इलाम) । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

सिरदली-चौडेनी सडक स्तरोन्नति

सिरदली-चौडेनी सडक स्तरोन्नति

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ...

रास्वपा ताप्लेजुङमा गुरुङ

रास्वपा ताप्लेजुङमा गुरुङ

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ...

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

भोजपुर । जिल्लाको हतुवागढी–२ लुङ्गिन क्षेत्रमा केन्द्रीय विद्युत् सेवा विस्तार...