back
CTIZAN AD

ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट : नेपालमा भ्रष्टाचार बढेको बढ्यै छ

वि.सं.२०७७ माघ १५ बिहीवार

747 

shares

माघ १५, काठमाडौं । ट्रान्सपरेन्सी इन्टनेशनलले भ्रष्टाचार अवधारणा सूचकांक (सिपिआई) रिपोर्ट सार्वजनिक गर्दै नेपालमा भ्रष्टाचार झन् तिव्र रुपमा मौलाएको तथ्य सार्वजनिक गरेको छ ।

ट्रान्सपरेन्सीले बिहिबार सार्वजनिक गरेको रिपोर्टमा नेपाल भ्रष्टाचार हुने मुलुकको सूचीमा १ सय १७ औं स्थानमा पुगेको छ । यसअघि सन् २०१९ मा नेपाल १ सय १३ औं स्थानमा थियो ।

त्यसैगरि १०० अंकमा गरिने मूल्यांकनमा नेपालले हाल ३३ अंक पाएको छ । यसअघि गत वर्ष नेपालको अंक ३४ थियो ।

ट्रान्सपरेन्सीले विश्व बैंक, वल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वल्र्ड जस्टिस प्रोजेक्ट र भीडीइएमसमेत गरी विभिन्न ६ संस्थाहरुको सर्वेक्षण रिपोर्टका आधारमा सीपीआई रिपोर्ट तयार गर्ने गर्दछ । जुन रिपोर्टअनुसार नेपाल व्यापक भ्रष्टाचार हुने मुलुकहरु मध्येमा छ ।

सीपीआई २०२० ले नेपालमा सरकारको भ्रष्टाचार विरोधी प्रयास पर्याप्त नुहुन, सार्वजनिक क्षेत्रमा भ्रष्टाचार र अधिकारको दुरुपयोग हुनु, सार्वजनिक पदाधिकारीमाथि कारबाही नहुनुलगायतका समस्या देखाइएको छ ।

tab2

भ्रष्टाचारमा दक्षिण एशियाको स्थिति यस्ताे

रिपोर्टअनुसार दक्षिण एशियाली राष्ट्रमध्ये भुटान, माल्दिभ्समा कम भ्रष्टाचार भएको देखिएको छ । नेपालसँगै पाकिस्तान, बंगालादेश र अफगानिस्तानमा व्यापक भ्रष्टाचार भएको देखिन्छ । अफगानिस्तान भ्रष्टाचार हुने देशहरुमध्ये १६५ औं स्थानमा छ ।

भुटान – २४ औँ स्थान

माल्दिभ्स – ७५ औँ स्थान

भारत – ८६ औँ स्थान

श्रीलङ्का – ९४ औँ स्थान

नेपाल – ११७ औँ स्थान

पाकिस्तान- १२४ औँ स्थान

बाङ्ग्लादेश – १४६ औँ स्थान

अफगानिस्तान- १६५ औँ स्थान

वि.सं.२०७७ माघ १५ बिहीवार १४:३९ मा प्रकाशित

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...