back
CTIZAN AD

भृकुटीमण्डप जुत्ताचप्पल मेला : आकर्षक छुटका कारण ग्राहकहरुको भीड बढ्दै

वि.सं.२०७७ माघ १५ बिहीवार

669 

shares

माघ १५, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा नेपालका ख्यातिप्राप्त विभिन्न ब्राण्डका जुत्ता चप्पलको मेला जारी छ । मेला आगामी माघ १९ गतेदेखि सकिँदैछ । तर, मेलाको अन्तिम दिनहरुमा ग्राहकको उपस्थिति झनै उत्साहजनक रुपमा बढ्न थालेको छ ।

‘फुटवेयर विजनेश एक्स्पो २०७७’ आयोजकले जानकारी दिएअनुसार धेरै ब्राण्डका जुत्ताहरु पाईनु र आकर्षक छुटका कारण उपभोक्ताको चाप बढिरहेको छ । आयोजकका अनुसार पछिल्ला दिनहरुमा झनै ग्राहकको उपस्थिति बाक्लो छ ।

‘मेलामा हामीले एकदमै सस्तो उत्पादन ९फ्याक्ट्री० मुल्यभन्दा कम पैसामा नयाँ नयाँ डिजाइनका जुत्ताचप्पल विक्रिवितरण गरिरहेका छौ,यसको उद्धेश्य नेपालीहरुले स्वदेशी उत्पादनका जुत्ताचप्पल प्रयोग गर्नुहोस् भन्ने नै हो’ मेला आयोजक जीवन श्रेष्ठले बताए ।

मेलामा नेपालका प्रख्यात ब्राण्डका जुत्ता चप्पल राखिएका छन् । मेलामा भेनस सुज, केटिएम सुज, पीजी सुज, फुटस्टेप सुज, बोस सुज, रन सुज र सुज ल्याण्ड ब्राण्डका नयाँ–नयाँ डिजाइनका जुत्ताचप्पल राखिएका छन् ।

मेलामा स्वास्थ्य मापदण्डको उचित पालना

कोभिड –१९ को महामारी पछि जुत्ता व्यावसायीले पहिलो पटक मेला आयोजना गरेका हुन् । जहाँ कोभिड संक्रमणको जोखिमलाई मध्यनजर गरि स्वास्थ्य मापदण्ड पनि प्रयोग गरिएको आयोजकले जनाएको छ ।

‘कोभिडपछि स्वास्थ्य मापदण्ड पालना गरेर लगाएको हाम्रो पहिलो मेलामा उपभोक्ताको राम्रो चाप पाएका छौं’ आयोजक प्रमोद महतोले जानकारी दिदै भने–‘हाम्रो मेला आगामी माघ १९ गते सोमबारसम्म चल्ने छ, फ्याक्ट्री मुल्यमा नै जुत्ताचप्पल बिक्रि वितरण गरिरहेका छौ ।’

वि.सं.२०७७ माघ १५ बिहीवार १६:४६ मा प्रकाशित

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

राम थापा, गण्डकी । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान...