१५ माघ, काठमाडौं । सिन्धुपाल्चोक घर भइ काठमाडौं महानगरपालिका सामाखुसी बस्ने कृष्ण चौलागाईँ पेस्तोलसहित पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–२६ स्थित टिफेन रेष्टुरेण्ट नजिकबाट सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ घर भएका २८ वर्षीय कृष्ण चौलागाईलाई १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी वृत्त लैनचौर र सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई शंकास्पदरुपमा हिँडिरहेका अवस्थामा फेला पारी जाँच गर्ने क्रममा उनको साथबाट उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको पनि प्रहरीले जनाएको छ ।
वि.सं.२०७७ माघ १५ बिहीवार १६:४५ मा प्रकाशित






























