१६ माघ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । बिहिबार प्रतितोला ९२ हजार रूपैयाँमा कारोबार भएको सुनको मूल्य आजपनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।
यसैगरी, तेजाबी सुनपनि हिजोकै मूल्य ९१ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने ह्वात्तै बढेको छ ।
बिहिबार प्रतितोला १ हजार २४५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ४० रुपैंयाले बढेर १ हजार २८५ मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले सूचना दिएको छ ।
वि.सं.२०७७ माघ १६ शुक्रवार ११:५१ मा प्रकाशित





























