back
CTIZAN AD

निर्वाचन आयोग पुगेका सुवास नेम्वाङले भने – पार्टीको आधिकारिताबारे टुंगो लाईसक्यो

वि.सं.२०७७ माघ १६ शुक्रवार

735 

shares

माघ १६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपाका नेता सुवास नेम्वाङले निर्वाचन आयोगले पार्टीको आधिकारिताबारे टुंगो लगाईसकेको बताएका छन् । निर्वाचन आयोगले ओली पक्षलाई नै आधिकारिक मानेको उनकाे भनाई छ ।

नेम्वाङका अनुसार निर्वाचन आयोगका शुक्रबार आयोगमा भएको छलफल दल दर्ता निर्वाचनको तयारीसम्बन्धमा थियो । ‘आधिकारिताको विषय टुंगी सकेको छ, आज त्यसमा छलफल भएन’, पत्रकारसँगको कुराकानीमा नेम्वाङले भने, ‘दल दर्ता र निर्वाचनको तयारीको सम्बन्धमा मात्रै आज छलफल भयो, हामीलाई त्यहि विषयमा छलफलका लागि भनेरै बोलाइएको थियो ।’

उनका अनुसार निर्वाचन आयोगले माघ ११ मा नै पार्टीको आधिकारिकताबारे निर्णय गरिसकेको थियो । कतिपयलाई निर्णयमा भ्रम पनि परेको उनले सुनाए ।

आगामी वैशाखभित्रै निर्वाचन सम्पन्न गर्ने गरि तयारी गर्न आयोगलाई आफुँहरुले सुझाब दिएको उनको भनाई छ । निर्वाचन आयोगले पनि समय पर्याप्त भएको जानकारी दिएको उनले बताए ।

‘निर्वाचन आयोगका प्रमुख आयुक्तलगायतलाई एक मिनेट पनि यसमा ढिलाई नगरियोस् हामीसँग पर्याप्त समय छ भनेका छौं’, नेम्वाङले भने, ‘उहाँहरुको भनाईअनुसार ८४ दिन जति भए पुग्नेमा अहिले हामीसँग ९० दिन छ, हामी कुनै पनि कारणले अलिकति पनि ढिलाई गर्नुहुन्न, वैशाख १७ र २७ गते निर्वाचन हुन्छ ।’

निर्वाचन आयोगसँग छलफल गर्दा हामी यहि निष्कर्षमा पुगेका छौं । दल दर्तासम्बन्धी प्रक्रियामा अब हामी अगाडि बढ्छौं ।

वि.सं.२०७७ माघ १६ शुक्रवार १३:०४ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...