१६ माघ, काठमाडौं । कोरोना संक्रमणबाट एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।
कोरोना भाइरसको उपचारमा अग्रपंक्तिमा रहेर काम गरिरहेकी बैजनाथ गाउँपालिका टि.टिहरिया स्वास्थ्य चौकीमा कार्यरत कोहलपुर ११ बाँकेकी रमा भारतीको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
४७ वर्षीया सि.अ.न.मि भारतीको कोरोना संक्रमणको उपचारका क्रममा भेरी अस्पताल मृत्यु भएको हो ।

वि.सं.२०७७ माघ १६ शुक्रवार १५:५८ मा प्रकाशित






























