back
CTIZAN AD

निर्वाचन आयोगको स्पष्टीकरण – नेकपाका कुनै पनि गुटलाई आधिकारिकता दिएका छैनौं

वि.सं.२०७७ माघ १६ शुक्रवार

735 

shares

माघ १६, काठमाडौं । निर्वाचन आयोगले विभाजित नेकपाका कुनै पनि गुटलाई पार्टीको आधिकारिकता नदिएको स्पष्ट पारेको छ । शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै आयुक्त ईश्वरी पौडेलले नेकपाको आधिकारिकताबारे निर्णय नभएको स्पष्ट पारे ।

नेकपाका दुवै पक्षले आफुँ आधिकारिक हो भनेर अहिलेसम्म पनि दाबी पेश नगरेको उनले बताए ।

‘आधिकारिकताबारे कुन पक्ष भन्ने निर्णय गरिसकेको अवस्था होइन’, आयुक्त पौडेलले भने, ‘नेकपाको दुइटा गुट भएपनि हामीलाई आधिकारिकता देउ भनेर दफा ४४ को उपदफा १ अनुसार कुनै पनि गुट नआएको हुनाले आधिकारिकता दिने भन्ने प्रश्न आएन ।’

पौडेलका अनुसार निर्वाचन आयोगले साबिक नेकपाको विवरणभन्दा बाहिर गएर कुनै निर्णय गर्न सक्दैन् । दुवै पक्षले परिवर्तन गरेको विवरणलाई आफुँहरुले अपडेट गर्न नसक्ने उनको भनाई छ ।

‘राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार हामीले गरेको निर्णय अभिलेखीकरण गरिदिनुस् भनेर दुवै पक्षबाट पत्र आएको थियो’, आयुक्त पौडेलले भने, ‘पुस ५ गतेभन्दा पहिले पेश गरेको विधान र ७५ जेठ ३ गते जे विवरण थिए, ती सही छन् र बाँकी अपडेट गर्न सक्दैनौं भनेर हामीले भनिदिएको मात्र हो ।’

आधिकारिकताको सन्दर्भमा सञ्चारकर्मीलाई नै प्रतिप्रश्न गर्दै पौडेलले भने – दुवै पक्षले आधिकारिकता हौं भनेर आउँदै नआएको अवस्थामा आयोगले पार्टी फुटाउने हो र ?

यसैबीच शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली पक्षसँग भएको छलफल अनौपचारिक मात्रै भएको आयोगले स्पष्ट पारेको छ । आयोगका अनुसार ओली पक्षीय नेता सुवासचन्द्र नेम्वाङसहितका निर्वाचन तयारीबारे अनौपचारिक जानकारी लिएर फर्किएका थिए ।

सम्बन्धित समाचारहरू

निर्वाचन आयोग पुगेका सुवास नेम्वाङले भने – पार्टीको आधिकारिताबारे टुंगो लाईसक्यो

निर्वाचन आयोगसँग प्रचण्ड–नेपाल समुहले माग्यो छलफलका लागि अर्को मिति

वि.सं.२०७७ माघ १६ शुक्रवार १६:११ मा प्रकाशित

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

डा लामिछानेको अध्यक्षतामा गठन भयो ‘ट्रमा सोसाइटी अफ नेपाल’

डा लामिछानेको अध्यक्षतामा गठन भयो ‘ट्रमा सोसाइटी अफ नेपाल’

काठमाडौँ । हाडजोर्नी विशेषज्ञ डा प्रमोद लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी...

अमेरिका र क्रोएशिया पठाउने भन्दै ४० लाख बढी ठगी गर्ने दुई जना पक्राउ

अमेरिका र क्रोएशिया पठाउने भन्दै ४० लाख बढी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले अमेरिका र क्रोएसिया...