back
CTIZAN AD

पछिल्लो २४ घण्टामा देशैभरी १५७ जनामा कोरोना संक्रमण, ३३३ जना निको, ३ जनाको मृत्यु

वि.सं.२०७७ माघ १६ शुक्रवार

729 

shares

१६ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशैभरी १५७ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । विगत केही दिनयता कोरोना भाइरसबाट संक्रमित हुने र मृत्यु हुनेको संख्या घट्दै गएको तथ्यांकले देखाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ३,२२१ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका ८२ जनासहित देशैभरी १५७ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला ५९ र पुरुष ९८ रहेका छन् ।

आज थपिएका १५७ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७० हजार ७४५ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ३३३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २३३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ । निको हुनेको यो दर ९८.१ प्रतिशत हो ।

त्यसैगरी आज तीनजना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०२५ पुगेको छ ।

नेपालमा आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य, २१३ संक्रमित, २९६ जना निको

 

वि.सं.२०७७ माघ १६ शुक्रवार १६:१५ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...