back
CTIZAN AD

नेपाल इन्भेष्टमेण्ट बैंकले आजदेखि ४ अर्ब बराबरको ऋणपत्र विक्री खुला गर्दै

वि.सं.२०७७ माघ १६ शुक्रवार

645 

shares

१६ माघ, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले माघ १६ गते (आज) देखि ऋणपत्र विक्री खुला गरेको छ । बैंकले ८ दशमलव ५ प्रतिशत ब्याजदरको रू. ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र विक्री खुला गरेको हो ।

कुल कित्तामध्य रू. २ अर्ब ४० करोड बराबरको २४ लाख कित्ता परिपत्र विधिबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ भने बाँकी रू. १ अर्ब ६० करोड बराबरको १६ लाख कित्ता सर्वसाधारणमा सार्वजनिक गरेको हो ।

सात वर्षे अवधिको यो ऋणपत्र २०८४ सालमा परिपक्क हुनेछ । ऋणपत्रको लागि तोकिएको ब्याजदर प्रत्येक आर्थिक वर्षको पहिलो अर्धवार्षिक र दोस्रो अर्धबार्षिक समाप्त भएपनि मुक्तानी गरिने बैंकले जानकारी दिएको छ ।

ऋणपत्र खरिद गर्न चाहनेले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्मका माग गर्न सक्नेछन् । यो ऋणपत्रको विक्री अवधि छिटोमा माघ २० गते र ढिलोमा माघ ३० गतेसम्मको लागि तोकिएको छ ।

बैंकको यो ऋणपत्रलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने अवस्थाको संकेत गर्ने इक्रा एमपी आईआर सिङ्गल ए रेटिङ प्रदान गरेको छ । ऋणपत्र विक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीन शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ ।

वि.सं.२०७७ माघ १६ शुक्रवार १५:४७ मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...