back
CTIZAN AD

पहिलो टेस्टमा पाकिस्तान ७ विकेटले विजयी

वि.सं.२०७७ माघ १६ शुक्रवार

624 

shares

१६ माघ, काठमाडौँ । पाकिस्तान र दक्षिण अफ्रिका बिच कराचीमा भएको पहिलो टेस्टमा पाकिस्तानले ७ विकेटले जित हासिल गरेको छ । टस जितेर पहिले ब्याटिङ्ग गरेको दक्षिण अफ्रिका आफ्नो पहिलो इनिङ्गसमा २२० रनमा अलआउट भएको थियो । पहिलो इनिङ्गसमा दक्षिण अफ्रिकाका लागि डिन एल्गरले सर्वाधिक ५८ रन बनाएका थिए भने पाकिस्तानका लागि बलिङ्गमा यारीस शाहले सार्वधिक ३ विकेट लिएका थिए ।

दक्षिण अफ्रिका अलआउट भएपछि ब्याटिङ्ग गर्न आएको पाकिस्तानले आफ्नो पहिलो इनिङ्गमा ३७८ रन बनाएको थियो । पाकिस्तानका लागि पहिलो इनिङ्गसमा फवाद आलमले सर्वाधिक १०९ रनको पारी खेलेका थिए । त्यसैगरी दक्षिण अफ्रिकाका लागि बलिङ्गमा भने कागिसो रबाडा र लुंगी एनगिडीले सर्वाधिक ३/३ विकेट लिएका थिए ।

पहिलो इनिङ्गसमा १५८ रनले पछि परेको दक्षिण अफ्रिका आफ्नो दोस्रो इनिङ्गमा २४५ रनमा अलआउट भएको थियो । दोस्रो इनिङ्गसमा दक्षिण अफ्रिकाका लागि एडेन माक्रमले सर्वाधिक ७४ रन बनाएका थिए । दक्षिण अफ्रिका २४५ रनमा अलआउट भएपछि पाकिस्तानले जितको लागि ८८ रनको लक्ष्य पाएको हो ।

दक्षिण अफ्रिकाले दिएको ८८ रनको लक्ष्य पाकिस्तानले २२.५ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । जितसँगै पाकिस्तानले २ खेलको टेस्ट श्रृखलामा १-० ले अग्रता लिएको छ ।

वि.सं.२०७७ माघ १६ शुक्रवार १५:३८ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...