back
CTIZAN AD

मुख्यमन्त्री गुरुङद्वारा शहीदप्रति श्रद्धाञ्जलि

वि.सं.२०७७ माघ १६ शुक्रवार

618 

shares

१६ माघ, गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महान् शहीदको त्याग र बलिदानको उच्च सम्मान गर्दै उनीहरुले देखाएको बाटोमा अघि बढ्न प्रदेश सरकार प्रयत्नशील रहेको बताएका छन् । शहीद दिवस २०७७ का अवसरमा आज प्रकाशित शुभकामना सन्देशमार्पmत उनले देश र जनताका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

जहानीयाँ राणाशासनको क्रुर कालखण्डमा प्रजातन्त्र प्राप्तिका लागि आफ्नो जीवनलाई सहजै देशको लागि आहूति दिने चार महान शहीदसहित तथा प्रजातन्त्र पुनःस्थापना एवं सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि सहादत प्राप्त गर्ने वीर सपूत सधैँ मुलुकका पथप्रदर्शक र आदर्श व्यक्तित्वका रुपमा रहिरहने छन्, शुभकामना सन्देशमा उल्लेख छ ।

संविधानको मर्म र भावनाअनुरुप सहअस्तित्व, सहकार्य र समन्वयको सिद्धान्तबमोजिम तीनै तहका सरकारबीचको सम्बन्धलाई प्रगाढ बनाउँदै शहीदको बलिदानी र त्यागको फलस्वरुप प्राप्त उपलब्धिबाट ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न सकेमात्र शहीदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने उनले विश्वास व्यक्त गरेका छन् । मुलुकको समृद्धिको लागि सबै राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपाली एकजुट भएर लाग्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री गुरुङले यस दिनले हामी सम्पूर्ण नेपालीलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । रासस

वि.सं.२०७७ माघ १६ शुक्रवार १५:३५ मा प्रकाशित

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच...