back
CTIZAN AD

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

वि.सं.२०८३ असार २३ मंगलवार

318 

shares

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच जना कृषकलाई सोमबार नगदसहित सम्मान गरेको छ ।

कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषि क्षेत्रको व्यवसायीकरण, उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग तथा कृषकलाई थप उत्प्रेरित गर्ने उद्देश्यले सम्मान गरेको हो ।

कार्यक्रममा कृषिमन्त्री भीमबहादुर कार्की, प्रदेश सामाजिक विकास तथा कृषि समितिका सदस्य भक्तबहादुर कुँवर र मन्त्रालयका सचिव डा प्रेरणा सेढाईं भट्टराईले सम्मानपत्र, नगद पुरस्कार र दोसल्ला प्रदान गरे । कृषि क्षेत्रलाई सम्मानित पेसाका रूपमा स्थापित गर्दै सफल कृषकका अनुभवलाई अन्य कृषकसम्म पु¥याउने र युवालाई कृषि व्यवसायतर्फ आकर्षित गर्ने उद्देश्यले हरेक वर्ष यस्तो सम्मान कार्यक्रम सञ्चालन गरिँदै आएको मन्त्रालयले जनाएको छ ।

यस वर्षको प्रदेश सर्वोत्कृष्ट कृषि पुरस्कार बागलुङको गलकोट नगरपालिका–१ को सहारा कृषि फार्मका सञ्चालक गमबहादुर कुँवर पुरस्कृत भए । उनले नगद रु ५० हजार तथा सम्मानपत्र प्राप्त गर्नुभयो । यसैगरी प्रदेश उत्कृष्ट कृषि पुरस्कारबाट नवलपरासीको मौलाकालिका कृषि फार्मका सञ्चालक निर्मल भट्टराई, पोखरा–१४ को रोशन एण्ड रोहित कृषि फार्मका सञ्चालक रमेश खनाल र तनहुँ व्यास नगरपालिका–१० का दाजुभाई गाई फार्मका सञ्चालक रमेश तिमिल्सिना सम्मानित भए ।

यसैगरी, खिलुङ कालिका अर्गानिक कृषि फार्म भिरकोट नगरपालिका–७ स्याङ्जाका शालिग्राम अर्याल र नीलगिरि पशुपन्छी तथा कृषि व्यवसाय मुस्ताङका सञ्चालक भूपेन्द्र शेरचन सम्मानित भए । प्रदेश उत्कृष्ट कृषि पुरस्कार राशि जनही नगद रु ३२ हजार र सम्मानपत्र रहेको मन्त्रालयका सूचना अधिकारीसमेत रहेका पशु चिकित्सक डा राजेशकुमार चौधरीले जानकारी दिए ।

कृषिमन्त्री कार्कीले कृषि क्षेत्रलाई प्रदेशको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताए । “कृषि उत्पादनलाई बजारसँग जोड्दै व्यावसायिक, प्रतिस्पर्धी र आत्मनिर्भर कृषि प्रणाली विकास गर्न प्रदेश सरकारले कृषकलाई प्रोत्साहन गर्दै आएको छ । उत्कृष्ट काम गर्ने कृषकलाई सम्मान गर्दा किसानको हौसला बढ्नुका साथै अन्यलाई पनि आधुनिक र व्यावसायिक खेतीतर्फ आकर्षित हुन सहयोग पुग्छ”, उनले भने ।

मन्त्रालयका सचिव डा प्रेरणा सेढाईं भट्टराईले कृषिमा नवप्रवर्तन, यान्त्रिकीकरण, आधुनिक प्रविधिको प्रयोग र उत्पादन वृद्धिमा उल्लेखनीय योगदान पु¥याउने कृषक तथा कृषि फार्मलाई प्रोत्साहन गर्न पुरस्कार वितरण गरिएको बताइन् । उनले भनिन्, “सम्मानले कृषि क्षेत्रमा सकारात्मक प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै उत्पादन वृद्धि, रोजगारी सिर्जना र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।”

प्रदेशमा कृषि उद्यमशीलता विस्तार, आयात प्रतिस्थापन, खाद्य सुरक्षा र युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ उत्कृष्ट कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिइने मन्त्रालयले जनाएको छ ।

वि.सं.२०८३ असार २३ मंगलवार ०७:३३ मा प्रकाशित

काँग्रेसले १५ औँ महाधिवेशन पूर्वघोषित मितिमै गर्ने, पारित गर्यो यी १६ निर्णयहरु

काँग्रेसले १५ औँ महाधिवेशन पूर्वघोषित मितिमै गर्ने, पारित गर्यो यी १६ निर्णयहरु

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १५औँ महाधिवेशन...

प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष...

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज र सिरहामा भएका साम्प्रदायिक...

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

काठमाडौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाललाई...

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

मुस्ताङ । जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका- ४ पुच्छर ढोङमा टिपरबाट...

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

काठमाडौं । सरकारले संघीय सरकार मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीलाई...