back
CTIZAN AD

पालिकाद्धाारा पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

वि.सं.२०८३ असार २३ मंगलवार

84 

shares

तानसेन (पाल्पा) । यहाँँका १५ जना ‘स्मार्ट’ आमालाई सम्मान गरिएको छ । रम्भा गाउँपालिकाले सुनौलो हजार दिनका आमाहरूबीच प्रतिस्पर्धा गराएर विभिन्न २२ वटा स्वास्थ्य सूचकका आधारमा, प्रतिसूचक पाँच अङ्कका दरले ११० अङ्क ल्याउने आमालाई ‘स्मार्ट’ आमा घोषणा गरी सम्मान गरेको हो ।

स्वस्थ आमा, स्वस्थ बच्चासहित समृद्ध समाज निर्माण गर्दै पोषणमैत्री गाउँपालिका घोषणा गर्ने अभियानअन्तर्गत आमालाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । आमाहरूलाई पालिकाले दोषल्ला ओढाएर, नगद रु १० हजार र स्वास्थ्य सामग्रीबाट सम्मान गरेको छ ।

स्वास्थ्य संस्थामा अनिवार्य प्रसूति भएको, गर्भवती भएको सुनिश्चित भएपछि फोलिक एसिड सुरु गरेको तीन महिनापछि जुकाको औषधि खाएको, कम्तीमा चारपटक गर्भ जाँच गरेको, टिटी खोप लगाएको, गर्भवती र सुत्केरी अवधिमा २२५ वटा आइरन र क्यालसियम खाएको, बच्चाको जन्मतौल दुई दशमलव पाँच किलोभन्दा माथि भएको, पिनसी जाँच तीन पटक गरेको, सुत्केरीपछि बच्चालाई पूर्ण रूपमा स्तनपान गराएको र समयमै अन्य खानपान सुरु गरेको, प्रोटोकलअनुसार बच्चालाई पूर्ण खोप लगाएकोलगायत सूचक पूरा हुनुपर्दछ ।

यसैगरी, प्रत्येक महिना बच्चाको तौल तथा उचाइ नापजाँच गरेको, बालभिटा खुवाएको, बच्चालाई नियमित रुपमा भिटामिन र जुकाको औषधि खुवाएको, बच्चा जन्मिएपछि हालसम्म कार्ड रुजु गरेको, आमा र बच्चाको सरसफाइ नियमित रुपमा भएको, गर्भान्तर कम्तीमा दुई वर्षको रहेको, आमा र बच्चा कुपोषित नभएको, धूमपान र मध्यपान नगर्ने आमा, बच्चाको जन्मदर्ता गरेको, महिनावरी स्वच्छतासम्बन्धी ज्ञान भएको जस्ता २२ वटा स्वास्थ्य सूचक पूरा गर्ने आमा स्मार्ट आमाका रूपमा सम्मानित भएका अध्यक्ष भण्डारीले जानकारी दिए ।

उनका अनुसार पालिकाबाट १३८ जना आमा प्रतिस्पर्धामा सहभागी भए पनि १५ जना स्मार्टआमा सम्मानित भएका हुन् । स्मार्ट आमा सम्मानका लागि गाउँ कार्यपालिकाले कार्यविधि बनाएको छ ।

 

वि.सं.२०८३ असार २३ मंगलवार ०७:५० मा प्रकाशित

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...